१९ भदौ २०८३, शुक्रबार

विकू बचतकाे डिजिटल अभियान: अब मकै खाँदाको भुक्तानी `क्यूआर पे´ मार्फत

२०७९ वैशाख ३०, शुक्रबार
विकू बचतकाे डिजिटल अभियान: अब मकै खाँदाको भुक्तानी `क्यूआर पे´ मार्फत

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत गैंडाकोटको सडक छेउछाउमा मकै बिक्री गरी दैनिक गुजारा गर्ने सदस्यहरुलाई क्यूआर कोड र छहारीको लागि छाता प्रदान गरेको छ ।

अब मकै खरिद गर्दा वा खाँदा ग्राहकले क्यूआर कोडमार्फत पनि भुक्तानी गर्न सक्नेछन् । ग्राहकलाई अब बसेर मकै खाँदा शीतलताको लागि बिकूले छाता पनि उपलब्ध गराएको छ ।

संस्थाले सदस्यहरूलाई आफ्नो कर्म र पेशा प्रति प्रोत्साहन गर्न यो किसिमको सेवा उपलब्ध गराइएको बिकूका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले बताउनुभयाे ।

अभिलेख

लोकप्रिय