के सहकारी पनि हप्तामा दुई दिन बिदा हुन्छ?
काठमाडौं : अब जेठ महिनादेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएको छ । जेठबाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ ।
सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गरिएको छ । आगामी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्ह ४.३० बजेसम्म रहने छ ।
२०७९ सालका लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा स्वास्थ्य संस्था, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, बैंकिङ सेवा, राजस्व, मालपोत, नापी, भन्सार, स्थानीय तहलगायतले तेस्रो दिनदेखि मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने व्यवस्था राजपत्रमा गरेको छ ।
त्यसैगरी, सार्वजनिक विदाको दिन सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्नेपर्ने व्यवस्था गरिएको छ ।
सरकारले इन्धन खपत कम गर्न भन्दै हप्तामा दुई दिन बिदाको निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गत वैशाख १३ गते जेठदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
सामान्यतयाः सार्वजनिक विदाको दिन सहकारी संस्थाहरु पनि बन्द हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरु बन्द भएको अवस्थामा सहकारी पनि बन्द हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्र बैंकले यस विषयमा केही प्रतिक्रिया दिएको छैन ।
तर, सरकारले सार्वजनिक बिदा दिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द हन्छन् । सरकारले बैंकिङ सेवा पनि बन्द हुने स्पष्ट पारेको छ । त्यसो हुँदा सहकारी संस्थाहरु पनि हप्तामा दुई दिन बन्द हुन्छन् ।
बैंक तथा वित्तीय संस्था बन्द भएको अवस्थामा सहकारी सञ्चालनमा केही असहजता हुने र आफ्नो अनुकुलतामा संस्था सञ्चालन गर्न सकिने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल बताउनुहुँछ । ‘कतिपय सहकारी संस्थाले ३६५ दिन नै सेवा प्रवाह गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘सदस्यहरुको माग र आवस्यकताको आधारमा संस्था सञ्चालन हुन्छन् र हुनेछन् ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार