१९ भदौ २०८३, शुक्रबार

बिकू बचतको तेस्रो त्रैमासिक समिक्षा: प्रगतिनगर सेवा केन्द्र उत्कृष्ट

२०७९ वैशाख २५, आईतवार
बिकू बचतको तेस्रो त्रैमासिक समिक्षा: प्रगतिनगर सेवा केन्द्र उत्कृष्ट

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिक समिक्षा बैठक सम्पन्न भएको छ । तेस्रो त्रैमासमा संस्थाको प्रगतिनगर सेवा केन्द्र उत्कृष्ट हुन सफल भएको छ ।

पहिलो त्रैमासमा पनि यस सेवा केन्द्र उत्कृष्ट हुन सफल भएको थियो । पहिलो त्रैमासमा यस सेवा केन्द्रले ९९.९५ प्रतिशत वित्तीय लक्ष्य उपलब्धी हासिल गरेको थियो ।

तेस्रो त्रैमासिकमा भएका कामहरुको समिक्षा गरि संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यका साथ बैठकको आयोजना गरिएको संस्थाले जनाएको छ ।

अर्थ बार्षिक समिक्षामा गरिमा सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्र बन्न सफल भएको थियो ।

बैठकमा कर्मचारीलाई हौसला प्रदान गर्नको लागी संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटा र उपाध्यक्ष यमुनाथ आर्चायले शुभकामना दिनु भएको थियो । संस्थाको वर्तमान अवस्था, योजना र समसान्दर्भिक विषयको बारेमा संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो ।

बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवाकेन्द्रका प्रमुखहरुको सहभागीता रहेको थियो । बैठकमा विभागीय तथा सेवाकेन्द्र प्रमुखहरुले आ–आफ्नो विभाग तथा सेवाकेन्द्रको बर्तमान अवस्था, आगामी लक्ष्य, संभावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको वारेमा गहकिलो प्रस्तुती पेश गर्नु भएको थियो ।

बिकू बचतमा करिब १ लाख १० हजार सदस्य आवद्ध छन् । २२ वटा सेवा केन्द्र रहेको विकूको कुल कारोबार ९ अर्ब रुपैयाँ रहेको छ ।

May be an image of 6 people, people standing and text that says 'गौंडाकोट रि'

अभिलेख

लोकप्रिय