प्रविधियुक्त र मुस्कान सहितको सेवा मिलिजुली कालिन्चोकको प्राथमिकतामा, क्युआर कोड सेवा सुरु
दोलखा : चरिकोट स्थित मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
संस्थामा आवद्ध सदस्यहरुलाई प्रविधियुक्त सेवा दिने क्रममा संस्थाले शनिबार डिजिटल वित्तीय सेवा प्रयोग गर्न चाहने शेयर सदस्यहरुको उपस्थितिमा डिजिटल वित्तीय सेवा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी क्युआर कोड स्टयाण्ड वितरण गरेको हो ।
रेमिटान्स्, मिसकल बैंकीङ्ग, क्युआर स्क्यान एण्ड पे सहित भएको मोवाईल बैंकीङ्ग सेवा विगतदेखि प्रदान गर्दै आएकोमा संस्थाले हिजोबाट क्युआरकोड सेवा अन्तर्गत क्युआर स्टयाण्ड वितरण गरेको हो ।
संस्थाले ए.टि.एम. सेवा समेत सञ्चालनमा ल्याईसकको छ ।
वर्तमान अवस्थामा आफ्ना शेयर सदस्यहरुलाई प्रविधि र मुस्कान सहितको सेवालाई संस्थाले प्राथमिकतामा राखेको जनाएको छ ।
संस्थाले सदस्यलाई पेपरलेस कार्यालयबाट क्यासलेस सेवा दिनु पर्दछ भन्ने मान्यता राखी पुर्वाधारहरु तयार गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो । संस्थाले प्रवाह गरेको प्रविधियुक्त सेवा लिन बाँकी रहेका सदस्यहरुलाई मोवाईल बैंकीङ्ग सेवा प्रयोग गर्न उहाँको आग्रह छ ।
अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यता सञ्चालीत कार्यक्रममा सचिव ठाकुर प्रसाद पाठकले स्वागत मन्तब्य, प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले स्लाईड प्रस्तुति सहित सहजीकरण र सह ब्यवस्थापक रमेश सापकोटाले कार्यक्रम सञ्चालन गरेक थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार