१९ भदौ २०८३, शुक्रबार

जेठ २९ र ३० गते चौथो साकोस शिखर गोष्ठी

२०७९ वैशाख २४, शनिवार
जेठ २९ र ३० गते चौथो साकोस शिखर गोष्ठी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा २९ र ३० गते साकोस शिखर गोष्ठी–२०७९ हुने भएको छ ।

“दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि” भन्ने मुल भाव र संकल्प सहित चौथो साकोस शिखर गोष्ठीको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

दुई दिवसीय गोष्ठीको उद्देश्य वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीबारे साझा बुझाई सहितको प्रतिवद्धता विकास गर्ने रहेको छ भने वित्तीय सहकारीमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधि अनुकरण र हस्तान्तरण गरि समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने रहेको छ ।

संघले २०६८ (सन् २०१२) मा प्रथम साकोस शिखर गोष्ठी आयोजना गरी सोको सिकाई एवम् उपलब्धीको आधारमा प्रत्येक तीन वर्षमा शिखर गोष्ठी आयोजना गर्दै आएको छ ।

गोष्ठीमा वित्तीय सहकारी क्षेत्रका मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु सहित करिब ६०० जनाको सहभागिता रहने संघले जनाएको छ । सदस्य संघ/संस्थाहरुका लागि सहभागी दर्ता फाराम यही वैशाख २५ गतेदेखि ज्येष्ठ १५ गतेसम्म खुला गरिने पनि संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय