१९ भदौ २०८३, शुक्रबार

स्थापनाको १५ वर्षमा नेचुरल सहकारी, स्तरीय एवंं विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

२०७९ वैशाख २४, शनिवार
स्थापनाको १५ वर्षमा नेचुरल सहकारी, स्तरीय एवंं विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १५औं वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार आफ्नो १५औं स्थापना दिवस मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा सहकारीका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले संस्थामा आबद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य, कर्मचारी, सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

‘सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय उन्नयनका लागि समुदायमा आधारित नेचुरल साकोसले विभिन्न आरोह र अवरोहबीच आज जुन पहिचान बनाएका छ, त्यसको आधार सदस्यहरुले संस्थाप्रति देखाएको विश्वास र सक्रियता, परिश्रमी कर्मचारी र नेतृत्व नै हो,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै बचत तथा ऋण कारोबारसँगै, डिजिटल सेवा, सामाजिक कार्य, विभिन्न रचनात्मक कार्यकै कारण उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल भएको छ ।’

सेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति, कर्मचारीहरुकै योगदानका कारण सहकारी आजको अवस्थामा आइपुगेको पाठकले बताउनुभयो ।

प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको सहकारीले आगामी दिनमा पनि स्तरीय एवंं विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।

सहकारीको प्रधान कार्यालय जोरपाटीमा छ भने सदस्य सेवा केन्द्रहरु नयाँबजार, साँखु, कालिमाटी, काँडाघारीमा रहेको छ ।

अभिलेख

लोकप्रिय