कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको अध्यक्षमा मदन बस्नेत
बनेपा : कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेपलान्चोकको अध्यक्षमा मदन बस्नेत निर्वाचित हुनुभएको छ । क्लबको बिहीबार सम्पन्न प्रारम्भिक साधारणसभाबाट बस्नेत निर्विरोध निर्वाचित हुनुभएका हो । बस्नेत सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
क्लबको उपाध्यक्ष गोपाल दाहाल (ज्योति मिर्मिरे सामुहिक साकोस), सचिवमा ठाकुरनाथ अधिकारी (आर्थिक विकास साकोस), कोषाध्यक्षमा सविना पन्त (आयाम साकोस) रहनुभएको छ । तयस्तै सदस्यहरुमा सुवास वैद्य (आभाष साकोस), अरुण थापा (एक्सप्रेस साकोस), यशोदा के.सी. (महिला आधारशिला साकोस), मनोज रायमाझी (लक्ष्मीमहिला साकोस) र पार्वती थापा (सक्षम साकोस) निर्वाचित हुनुभएको छ ।
कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सहकारीमा कार्यरत व्यवस्थापकहरुले सञ्जाल हो । २०७८ भदौ २ गते बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेक राज ठकुरीको अध्यक्षतामा गठित तदर्थ समितिले जिल्ला प्रशासन कार्यालमा क्लब दर्ता गरेको थियो ।
सहकारीको संस्थागत विकास, सुशासन र व्यवसायिकरणका लागि संगठीत संस्थाको परिकल्पनासहित जिल्ला प्रशासन कार्यालयमा क्लब दर्ता भएको थियो ।
सहकारी संस्थाहरुको लागि आवश्यक नीति, विधि र प्रविधिको विकास गर्ने क्लबको उद्देश्य रहेको छ । त्यस्तै नयाँ नयाँ सोचहरुको विकास र आधुनिकिकरण गर्न अनुसन्धान तथा विकासका कार्यहरु गर्ने, सहकारी अभियानका विषयहरुमा बहस, पैरवी गर्ने कार्यका लागि विषयविज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पु¥याउने, विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने रहेको छ ।
त्यसैगरी सहकारी संस्थामा एकरुपता कायम गर्ने, सहकारीका ब्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने लगायतको उद्देश्य क्लबको रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार