१९ भदौ २०८३, शुक्रबार

विकू बचतले एनएफआरएस ढाँचामा वित्तिय विवरण तयार गर्ने

२०७९ वैशाख २२, बिहिबार
विकू बचतले एनएफआरएस ढाँचामा वित्तिय विवरण तयार गर्ने

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले नेपाल वित्तिय प्रतिवेदनमान (एनएफआरएस) ढाँचामा वित्तिय विवरण तयार गर्ने भएको छ ।

संस्थाले यस आर्थिक वर्षदेखि एनएफआरएस ढाँचामा वित्तिय विवरण तयार गर्नेगरी तयारी गरेको छ ।

सोही क्रममा संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता तथा व्यवसायीकता विकासको लागि तालिम सम्पन्न गरेको छ । आफ्नो वित्तिय विश्लेषण नेपाल वित्तिय प्रतिवेदनमानमार्फत गर्ने भएकाले संस्थाले विभागिय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सेवा केन्द्र प्रमुखहरुलाई तालिमको आयोजना गरेको जनाएको छ ।

तालिमको संयोजकत्व संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका सचिव प्रेम प्रसाद सापकोटा राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो भने तालिम वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट्स अनिल जोशी, प्रल्हाद गौतम, नर बहादुर रोकाय र मिलन रुम्बाले दिनु भएको थियो ।

May be an image of 17 people, people standing, people sitting and indoor

अभिलेख

लोकप्रिय