१९ भदौ २०८३, शुक्रबार

सहकारीका अनुकरणीय अभ्यास संकलन गरी पुरस्कृत गर्दै सहकारी प्रशिक्षण केन्द्र

२०७९ वैशाख १८, आईतवार
सहकारीका अनुकरणीय अभ्यास संकलन गरी पुरस्कृत गर्दै सहकारी प्रशिक्षण केन्द्र

काठमाडौं : सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारी संस्थाहरुले अपनाएका अनुकरणीय असल अभ्यासहरू संकलन गर्ने भएको छ ।

सहकारी संस्था संचालनका क्रममा प्रयोगमा आएका अनुकरणीय कामहरुलाई दस्तावेज गर्ने उद्देश्यसहित केन्द्रले असल अभ्यासकाको लागि प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

बैशाख ३० गतेभित्र देभरकार संस्थाहरुले प्रस्ताव पेश गर्न सकिने जनाएको छ ।

प्राप्त प्रस्तावहरु मध्ये छनौट भएका संस्थाहरुलाई अन्तर्राष्ट्रिय सहकारी दिवसमा सम्मान तथा पुरस्कृत समेत गर्ने जनाएको छ ।

केन्द्रले सहकारीका सिद्धान्तको पालना, सुशासन र आन्तरिक नियन्त्रण, युवा सहभागिता, सम्पति शुद्धिकरण निवारणका प्रयास, सदस्यको शसक्तिकरणमा योगदान, सूचना प्रविधि प्रयोगमा भएका नविन तथा अनुकरणीय कामको विवरण पठाउन अनुरोध गरेको छ । यसैगरी सहकारी संचालनका पक्ष, एकीकृत सहकारी सेवा, स्वाबलम्बन र पारस्पारिकताको अभ्यासलगायतका विषयमा समेत संस्थाहरुले विवरण पठाउन सक्नेछन् ।

विवरण पठाउने संस्थाले आधिकारिक पत्रसहित अनुकरणीय कामको फोटो र भिडियो क्लिप, संस्थाको विनियमन र वार्षिक प्रतिवेदन, साधारणसभाको निर्णय तथा कोपोमिसमा आवद्ध भए/नभएको विषयमा समेत खुलाउनुपर्नेछ ।

अभिलेख

लोकप्रिय