शिख शिखरले सञ्चालन गरेको गार्डेन मार्टको १७औं शाखा पोखराको चाउथेमा
पोखरा : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका–१४, स्थित चाउथेमा गार्डेनमार्टको १७ औं शाखा सञ्चालनमा आएको छ । उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्य वस्तुदेखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
उद्योग बाणिज्य संघ पोखराका प्रथम बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले शनिवार एक कार्यक्रमकाबीच मार्टको नयाँ शाखाको उद्घाटन गर्नुभएको हो । मार्टको सञ्चालनले स्थानीयलाई किनमेलको नयाँ अनुभव दिने बताउँदै उपाध्यक्ष प्रजापतिले यसले स्थानीयस्तरमा रोजगारीको समेत सिर्जना गर्ने बताउनुभयो ।

मार्टमा चामल, चिनि, दाल लगायतमा दैनिक उपभोग्य बस्तु, सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अतिरिक्त महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु मार्टमा विक्रिका लागि राखिएको छ । मार्ट शुभारम्भको अवसरमा यी सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट पाउने सहकारीका अध्यक्ष शुशिल बाँनियाले जानकारी दिनुभयो ।

अध्यक्ष बाँनियाका अनुसार बचत संकलन र ऋण प्रवाहका अतिरिक्त सहकारीले प्रत्यक्ष नाफामुलक व्यवसायमा समेत लाग्नु पर्छ भन्ने हिसावले यो मार्ट सञ्चालनमा ल्याइएको बताउनुभयो ।
शिव शिखर सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङ्गको घोराही, बाँकेको चाँदनी चोकमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार