चन्द्रागिरि साकोस, युवा उपसमिति सदस्यद्वारा अन्तर्राष्ट्रिय कार्यक्रममा कार्यपत्र प्रस्तुत
काठमाडौं : फिलिपिन्समा एसियन क्रेडिट युनियन नेटवर्क अफ इमर्जिङ लिडर्स (एकुनेल) गठन कार्यक्रमको अवसरमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको युवा तथा उद्यमशिलता प्रवर्धन उपसमिति सदस्य रीजु मानन्धरले अतिथि वक्ताको रुपमा प्रस्तुति दिएकी छिन् ।
एशियाली ऋण महासंघ (अकु) ले सुरुवात गरेको उक्त कार्यक्रमको उद्देश्य सहकारीका युवा नेतृत्वलाई एक आपसमा साक्षात्कारको अवसर प्रदान गर्ने, आफ्ना सिकाई, अनुभव र भावनाहरु साटासाट लगायतका कृयाकलापको माध्यमबाट सहकारी संस्थाहरुलाई सबल र सुरक्षित बनाउने रहेको छ ।
कार्यक्रम अन्तर्गत फिलिपिन्सबाट पहिलो पटक सहकारीका युवाहरुलाई संगठित गर्न सुरुवात गरिएको हो । भर्चुअल माध्यमबाट भएको कार्यक्रमको शुभारम्भ समारोहमा रीजु मानन्धरले एशियाका युवाहरुको आवाज भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यपत्रमा नेपालमा सहकारीमा युवाहरुको अवस्था, सहकारीहरुले दिगो विकास लक्ष्य हासिल गर्न खेलिरहेको भुमिकाका विषयमा समेत प्रकाश पारिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार