पोखरा रोयल साकोसले बनायो ४ वर्षे रणनीतिक योजना
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षे ( २०७९/०८०–२०८१/०८२) रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले अघिल्लो ५ वर्षे (२०७३/०७४–२०७७/०७८) रणनीतिक योजनाको समीक्षा प्रस्तुत गर्नुभएको थियो । उहाँले सो अवधिका उल्लेखनीय कार्यहरु, स्पष्टीकरण तथा समीक्षात्मक टिप्पणी पेश गर्नुभएको थियो ।
संस्थागत सुशासन कायम राख्दै सदस्यरुमा उद्यमशीलता र रोजगारी विकास प्रवर्द्धन गर्ने अग्रणी सहकारी संस्था बनाउने ध्येय साथै सदस्यहरुको आवश्यकता पूरा गर्न वित्तीय उत्पादन सृजना र विकास गरी उद्यमशीलता विकासमा संलग्न वितीय, उद्यमशीलता र नीति निर्माणमा नेतृत्व गर्न सक्षम सबल सहकारी संस्था बनाउने लक्ष्य लिएको बताउनुभयो ।

उक्त कार्यक्रममा नेफ्स्कुनका पुर्व सिइओ तथा सहकारी विज्ञ डा. शिवजी सापकोटाले आगामी ४ बर्षे रणनीतिक योजना तर्जुमा निर्माण गर्ने कार्यमा सहजीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा उपस्थित सवैलाई स्वागत संस्थाका उपाध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङले गर्नुभएको थियो भने समापन संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना) ले गर्नुभएको थियो ।
संस्थाको तर्फबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र उच्च तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका मूख्य प्रवन्धक मीलन ढकालले गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार