हाम्रो साकोस र जनजागरण साकोस बीच एकीकरण
ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको । संस्थाले बागमती प्रदेश रजिष्ट्रार कार्यालयबाट एकीकरणको प्रमाणपत्र पाएको छ। संस्थाले हालसम्म चारवटा सहकारी एकीकरण गरिसकेको छ ।
२०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएको हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०७६ साल मंसिर ३० गते एकीकरण भई हाम्रो नमुना, हाम्रो थैली र सेवक साकोस एकीकरण भई हाम्रो बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।
संस्था एकीकरण गरेर बलियो संस्था बनाउन लागिपरेको हाम्रो साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिनुभयो । जनगारणका साढे २ सय सदस्य र २ करोडको कुल कारोबार थियो । एकीकरणपछि हाम्रो साकोसको कुल कारोबार १ अर्ब ७२ करोड हुनेछ । संस्थामा हाल सदस्य ६ हजार ७ सय छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार