नेचुरल सहकारी र युगल आरोग्य बीच सम्झौता, सदस्यको उपचारमा विशेष छुट
काठमाडौं : गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था र युगल आरोग्य सदन, चावाहिल काठमाडौं बीच सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
नेचुरल सहकारीमा आवद्ध सदस्यहरुलाई स्वास्थ्य जाँच, तनाव व्यवस्थापन सेवा, जीवन शैली व्यवस्थापन, मन शसक्तिकरण सेवा, योग ध्यान सेवा सहुलियत दरमा उपलब्ध गराउने सम्झौता भएको हो ।
आइतबार एक कार्यक्रमको बीच सम्झौता पत्र आदन प्रदान भएको छ । सम्झौता पत्रमा युगल आरोग्य सदनको तर्फबाट लेखनाथ ढकाल र नेचुरल सहकारीको तर्फबाट कार्यकारी प्रमुख विकल्प पाठकले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार बिरामी जाँच २०७९ बैशाख १५ गतेदेखि कात्र्तिक १५ गतेसम्म निःशुल्क गरिएको छ । त्यस्तै कात्र्तिक १६ गतेदेखि चैत्र मसान्तसम्म ५० प्रतिशत छुटको व्यवस्था रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । उपचारको प्रकृती अनुसार सदस्यहरुलाई लागि छुटको व्यवस्था गरिएको पाठकले बताउनुभयो ।
युगल आरोग्य सदन प्राकृतिक उपचार केन्द्र हो । हड्डी, नशा तथा दीर्घ रोग सम्बन्धी उपचार यस सदनले गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
