२० भदौ २०८३, शनिवार

जनउत्थान साकोसमा मह जोडी

२०७९ वैशाख ११, आईतवार
जनउत्थान साकोसमा मह जोडी

रुपन्देही : कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गर्नुभएको छ ।

संस्थाले सिटिजन लाइफ इन्सुरेन्स सँगको सहकार्यमा संचालित ऋण बीमा कार्यक्रम अन्तर्गत शुद्धोधन–३, सखुवानीका धनकुमारी बस्याललाई मह जोडीले ५ लाखको बीमा रकमको चेक शनिबार एक कार्यक्रमको बीच हस्तान्तरण गर्नु भएको थियो ।

मदन कृष्ण श्रेष्ठले संस्थाले गरेको प्रगतिको उच्च मूल्यांकन गर्नुहुँदै समाजको आर्थिक शसक्तिकरणमा संस्थाले जोड दिनको लागि आग्रह गर्नुभयो । त्यस्तै कलाकार हरिवंश आचार्यले साकोसले समुदाय स्तरमा पु¥याएको महत्व पूर्ण योगदानको उच्च प्रशंशा गर्नु भएको थियो ।

यसै कार्यक्रममा सिटिजन लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सहकारीसँग गरिएको बीमा सहकार्यले सहकारीको सदस्यहरुलाई सुरक्षित बनाउन महत्वपुर्ण योगदान गर्ने कुराको प्रकाश पार्नु भएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले संस्थाको गतिविधिहरु प्रस्तुतिकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव सरु रानाले गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय