काँग्रेसको घोषणा पत्रः एकीकरण, व्यवसायीकरण र प्रविधिमैत्री सहकारीको परिकल्पना
काठमाडौं : नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन–२०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले आज जारी गरेको घोषणा पत्रमा सहकारी क्षेत्रलाई उच्च प्राथमिता दिएको छ । घोषणा पत्रमा सहकारी सुशासन कायम गर्नेदेखि, प्रविधिमैत्री बनाउने, एकीकरणदेखि सहकारी कलेजसम्मको परिकल्पना गरेको छ ।
घोषणा पत्र अनुसार सहकारी क्षेत्रमा सुशासन कायम गरी मर्यादित बनाउन स्थानीय स्तरमा प्रभावकारी नियमन, सहकारी सङ्घ सस्थाहरुलाई एकीकरण गरी व्यवसायिकरण र गुणस्तर विकास, प्रविधिमैत्री सहकारी बनाउने उल्लेख गरिएको छ ।
सहकारी पूँजिलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने, कृषिजन्य वस्तु मल, विउ, यन्त्र, उपकरण आदि सहकारी सङ्घ/संस्था मार्फत विक्री वितरण गर्ने व्यवस्थालाई व्यवस्थित र प्रभावकारी वनाउने उल्लेख गरिउको छ । त्यस्तै सहकारी विद्यालय, कलेज, स्वास्थ्य केन्द्र आदिको सञ्चालन गर्दा स्थानीय सरकारसँगको समन्वयमा गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
