एमालेको चुनावी घोषणापत्र :- उद्यमशीलता र रोजगारीः समृद्धिका लागि सहकारी
काठमाडौं : वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी काार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
उद्यमशीलता र रोजगारीः समृद्धिका लागि सहकारी नारा सहित एमालेले स्थानीय पुँजीको सङ्कलन, उद्यमशीलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणका माध्यमका रुपमा सहकारीलाई विकास गर्ने बताएको छ ।
सार्वजनिक–निजी, सार्वजनिक–सहकारी एवं सार्वजनिक–सामुदायिक साझेदारी सम्बन्धी नीति तथा कानुन हरूको व्यवस्था गर्ने कार्यक्रम एमालेले अघि सारेको छ ।
प्रत्येक पालिकामा विपन्न परिवारको पहिचान गर्ने, गरिबी सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नेर उनीहरूको सहभागितामा उत्पादन सहकारी निर्माण गरेर
सहकारी मार्फत गरिबी निवारण गर्ने कार्यक्रम अघि सारेको छ ।
त्यस्तै कृषि सहकारीहरूका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने, उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै वितरणमा बिचौलियाको वर्चस्व अन्त्य गर्ने कार्यक्रम अघि सारेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार