२१ भदौ २०८३, आईतवार

कोपोमिस कार्यान्वयन गर्नतर्फ सबै लागौंः अध्यक्ष पाठक

२०७९ वैशाख ९, शुक्रबार
कोपोमिस कार्यान्वयन गर्नतर्फ सबै लागौंः अध्यक्ष पाठक

काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघका खेम बहादुर पाठकले कोपोमिस कार्यान्वयका लागि सहकारी विभाग, सहकारी महासंघ र केन्द्रीय संघहरूबीच समन्वय हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहनुभएका पाठकले समय समयमा यी निकाय बीच छलफल गरेर अगाडि बढे मात्र कार्यान्वयनमा सघाउ पुग्ने बताउनुभयो । सबै संघहरूसँग सामुहिक रूपमा भन्दापनि विषयगत केन्द्रीय संघका प्रतिनिधिहरूसँग कोपोमिसमा आवद्ध भए नभएको एकीन गरी उचित कदम चाल्न सहयोग पुग्ने उहाँको धारणा थियो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभाको संयुक्त आयोजना भएको कोपोमिस सम्बन्धी अन्तरक्रिया कार्यक्रमा पाठकले भन्नुभयो, ‘समन्वय गरेर कोपोमिस कार्यान्वयन गर्नतर्फ लागौं । यसो हुँदा प्रभावकारी ढंगले सहकारीलाई समावेश गर्न सकिन्छ ।’

छाता संगठनहरुबीच समन्वय र समीक्षा गर्दै गएमा कोपोमिस कार्यान्वयन हुन धेरै समय नलाग्ने उहाँको भनाई थियो । कोपोमिसले पद्धती र सिष्टममा हिँडाउन मद्दत पुग्ने भएकाले संघका प्रमुखहरुलाई बोलाएर किन प्रविष्ट नगरेको भनेर सोध्ने र गाँठो फुकाउने काम विभागले गर्नुपर्ने उहाँको भनाई थियो ।

कृषि संघमा आवद्ध संस्थाहरु कोपोमिसमा आवद्ध हुन आव्हान समेत गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

अभिलेख

लोकप्रिय