२४ कात्तिक २०८३, मङ्गलबार

कोपोमिसमा आवद्ध नहुने सहकारीले कर चुक्ता र अनुदान नपाउने

२०७९ वैशाख ९, शुक्रबार
कोपोमिसमा आवद्ध नहुने सहकारीले कर चुक्ता र अनुदान नपाउने

काठमाडौं : सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आबद्ध नहुने सहकारीले कर चुक्ता प्रमाणापत्र नपाउने भएका छन् ।

सहकारी विभागले आन्तरिक राजस्व विभागसँग सहकार्य गरी कोपोमिसमा आबद्ध नभएका सहकारीलाई कर चुक्ताको प्रमाणापत्र नदिने गरीगरि गृहकार्य गरिरहेको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले संयुक्तरूपमा शुक्रबार आयोजना गरेको ‘कोपोमिस अभिलेखिकरण अभिबृद्वि सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै सहकारी विभागका रजिस्ट्रार रूद्रप्रसाद पण्डितले कोपोमिसमा सम्पूर्ण सहकारीलाई अवाद्ध गराउने यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो ।

त्यस्तै कोपोमिसमा आवद्ध नभएका सहकारीलाई सरकारी अनुदान समेत नदिने कार्ययमा विभागले काम गरिरहेको बताउनुभयो । सरकारका विभिन्न निकायबाट अनुदान प्राप्त गर्न पनि अब कोपोमिसमा अनिवार्य आवद्ध हुनुपर्ने भएको छ ।
राष्ट्रिय सहकरी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय संघ, जिल्ला संघ, विषयगत जिल्ला संघहरुलाई समेत आफ्ना सदस्यलाई कोपोमिसमा आवद्ध गराउन सहजिकरण गरिदिने रजिष्ट्रार पण्डितले आग्रह गर्नुभएको छ । कोपोमिस नेपाल सहकारको महत्वपूर्ण कार्यक्रम रहेको बताउँदै रजिष्ट्रार पण्डितले सम्पूर्ण निकायको सहकार्यमा कोपोमिस पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने बताउनुभयो । कोपोमिसबाट अब कोही बाहिर रहन नसक्ने बताउँदै रजिष्ट्रार पण्डितले अभियान नै चलाएर आउँदो पुससम्म सबै सहकारीलाई कोपोमिसमा ल्याउने अठोट गर्नुभयो ।

‘सफ्टवेयरमा समस्या भए अझै सुधार र परिमार्जन गर्न तयार छौं’, उहाँले भन्नुभयो, ‘हाम्रो ध्यान सफ्टवेयर सुधारमा विशेष छ ।’ सहकारी मन्त्रालयले कोपोमिस भन्दा पछि सुरु गरेका मालपोतका सफ्टवेयर प्रभावकारी हुने तर सहकारीमा नहुने प्रश्न नहुने भएकाले कार्यान्वयनको विकल्प नभएको रजिष्ट्रार पण्डितले बताउनुभयो ।

सहकारी ऐन २०७४ मा ५ करोड भन्दा बढी कारोबार गर्ने सहकारीलाई ४ वर्षभित्र कोपोमिसमा आबद्ध गराउने वाध्यकारी व्यवस्था गरेको छ । आबद्ध नभएमा ३ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकका सदस्य संस्थाहरुलाई कोपोमिसमा आवद्ध हुन आव्हान गरिने बताउनुभयो । कोपोमिसको प्रभावकारीता धेरै रहेको बताउँदै अध्यक्ष उप्रेतीले कोपोमिसमा डाटा इन्ट्रि गर्न समस्या भए बैंकले तालिम समेत दिने बताउनुभयो ।

त्यस्तै नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालल सदस्य संस्थाहरु कोपोमिसमा आवद्ध हुने प्रतिवद्धता जनाउनुभयो ।

अभिलेख

लोकप्रिय