अघि बढ्यो स्थिरीकरण कोष, अन्तिम स्विकृतीको लागि सरकारलाई दस्तावेज हन्तान्तरण
काठमाडौं : बचत तथा ऋण सहकारीहरु सम्बन्धी स्थिरीकरण कोष सञ्चालनको लागि औपचारिक रुपमा अघि बढेको छ ।
कोष पूर्ण सञ्चालनका लागि आवश्यक न्यूनतम १० करोड रुपैयाँ संकलन भएसँगै नेफ्स्कूनले स्थिरीकरण कोष सम्बन्धी अभिलेख सहकारी विभागलाई हस्तान्तरण गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नेफ्स्कूनले सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई अभिलेख हस्तान्तरण गरेको हो ।
कोषमा आज बिहान १०ः३० बजेसम्म २ सय ३१ वटा सहकारी संघ/संस्थाले कोषमा योगदान गरेका छन् । नेफुस्कूनका अध्यक्ष परितोष पौड्यालका अनुसार ती संघ/संस्थाबाट १० करोड ४२ लाख रुपैयाँ कोषमा जम्मा भैसकेको जानकारी गराउनुभयो । कोषमा योगदान गर्ने संघ/संस्थामा नेफुस्कून सहित ५ वटा जिल्ला बचत संघ र २ सय २५ वटा प्रारम्भिक सहकारी संस्था रहेका छन् । कोषमा योगदान गर्ने संस्थाहरु निरन्तर बढीरहेको समेत अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो ।

कोष सम्बन्धीत अभिलेख बुझ्दै रजिष्ट्रार पण्डितले अब कोष सञ्चालनको प्रक्रिया अघि बढेको बताउनुभयो । कोषमा रकम योगदान गर्न १ करोड रुपैयाँको प्रस्ताव समेत मन्त्रालयमा पेश गरेको बताउनुभयो । स्थिरीकरण कोषसँग कर्जा सूचना केन्द्र, अन्तर सहकारी कारोबार कार्यविधिको प्रक्रिया पनि अन्तिम चरमा पुगेको जानकारी गराउनुभयो ।
स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघ (नेफस्कून)मा रहने व्यवस्था छ । यो कोष सहकारी अभियानको स्थायित्वका लागि विश्वासिलो सुरक्षा कवच एवं संस्थाको वित्तीय स्वास्थ्य र साख सिर्जनाको लागि भरपर्दो आधार मानिन्छ । यसलाई समग्र अभियानको जगेडा कोष समेत भन्ने गरिएको छ ।
कोषमा इच्छुक सहकारी संस्था, बचत तथा ऋण विषयगत केन्द्रीय सहकारी संघमा सदस्य रहेका सहकारी संस्था, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, मन्त्रालय, नेपाल सरकारका अन्य निकाय र अन्तर्राष्ट्रिय सहकारी संघहरुको योगदान रहने सक्नेछ ।
तर, कोषमा सहकारी अभियानबाटै भने सहयोग पुग्न सकेको छैन । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकको समेत योगदान रहने व्यवस्था भएपनि हालसम्म योगदान गरेको छैन ।
सहकारी मन्त्रालयले स्विकृती दिएपछि यो कोष पूर्ण रुपले सञ्चालनमा आउने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार