पूर्ण सञ्चालनको अन्तिम चरणमा स्थिरीकरण कोष, संस्थाको योगदान १० करोड नाघ्यो
काठमाडौं : बचत तथा ऋण सहकारीहरु सम्बन्धी स्थिरीकरण कोष सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
कोष पूर्ण सञ्चालनका लागि आवश्यक न्यूनतम १० करोड रुपैयाँ संकलन समेत भैसकेको छ । हालसम्म कोषमा देशभरका २ सय १९ सहककारी संस्थाबाट १० करोड ७ लाख २१ हजार १८१ रुपैयाँ जम्मा भएको नेफ्स्कूनले जनाएको छ । कोष पूर्ण सञ्चालनका लागि आवश्यक न्यूनतम रकम संकलन भएसँगै सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको स्थिरीकरण कोषका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो ।
स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघ (नेफस्कून)मा रहने व्यवस्था छ । यो कोष सहकारी अभियानको स्थायित्वका लागि विश्वासिलो सुरक्षा कवच एवं संस्थाको वित्तीय स्वास्थ्य र साख सिर्जनाको लागि भरपर्दो आधार मानिन्छ । यसलाई समग्र अभियानको जगेडा कोष समेत भन्ने गरिएको छ ।
कोषमा १० करोड रुपैयाँ जम्मा भएसँगै नेफुस्कूनले कोषसँग सम्बन्धित अभिलेख तथा कागजात सहकारी विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको नेफ्स्कूनका अध्यक्ष समेत रहनुभएको पौड्यालले बताउनुभएको । बिहीबार (आज) एक औपचारिक कार्यक्रमको बीच सहकारी विभागका रजिष्ट्रारलाई अभिलेख तथा कागजात हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
कोषमा इच्छुक सहकारी संस्था, बचत तथा ऋण विषयगत केन्द्रीय सहकारी संघमा सदस्य रहेका सहकारी संस्था, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, मन्त्रालय, नेपाल सरकारका अन्य निकाय र अन्तर्राष्ट्रिय सहकारी संघहरुको योगदान रहन सक्नेछ । तर, हालसम्म प्रारम्भिक सहकारी संस्थाले मात्र कोषमा योगदान गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार