२१ भदौ २०८३, आईतवार

सीतापाइला र सरल बहुउद्देश्यीय सहकारीबीच एकीकरण

२०७९ वैशाख ७, बुधबार
सीतापाइला र सरल बहुउद्देश्यीय सहकारीबीच एकीकरण

काठमाडौं : सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था र सरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौंको सीतापाइलामा रहेको सीतापाइला र ललितपुरको बागडोलमा रहेको सरलबीच एकिकरण भई संयुक्त कारोबार शुरु गरिएको हो ।

एकिकरणपछि ललितपुरको बागडोलमा सरल सेवा केन्द्रको नाममा सञ्चालन हुने भएको छ ।

संस्थाका अध्यक्ष केदार मानन्धरको सभापतित्वमा भएको एकिकरण कार्यक्रममा पूर्व मन्त्री तथा सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रसाद बाँस्कोटाले एक कार्यक्रमका सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।

सोही अवसरमा संस्थाले सदस्यहरुका लागि एटिएम सेवा समेत शुभारम्भ गरेको छ भने गणेशमान मेमोरियल अस्पतालसँग सहकार्य गरी सदस्यहरुलाई स्वास्थ्योपचारमा विशेष छुटको व्यवस्था मिलाएको जनाएको छ ।

अभिलेख

लोकप्रिय