२४ कात्तिक २०८३, मङ्गलबार

चन्द्रागिरि साकोसको २ दशक यात्राः एक भरोसा योग्य संस्थाको रुपमा उभिन सफल

२०७९ वैशाख ६, मङ्गलबार
चन्द्रागिरि साकोसको २ दशक यात्राः एक भरोसा योग्य संस्थाको रुपमा उभिन सफल

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) २१ वर्षमा प्रवेश गरेको छ ।

२०५७ साल पुस २२ गते स्थापना भए पनि २०५८ बैशाख ६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई औपचारिक कारोबार सञ्चालन गरेको थियो ।

‘चन्द्रागिरिको चाहना, समुन्नत समाजको सृजना’ भन्ने मुल नाराका साथ स्थापना भएको चन्द्रागिरि साकोस समुदायमा आधारित उत्कृष्ट संस्थाको रुपमा स्थापित छ । बचत तथा ऋण संस्थाहरुको हजारौं भिडमा आफूलाई सहकारी अभियानकै एक भरोसा योग्य संस्थाको रुपमा चन्द्रागिरि उभिएको संस्थाको दाबी छ ।

संस्थाले २१औं स्थापना दिवसमा विविध कार्यक्रम गरी मनाएको छ । संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले संस्थामा सम्बद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र सम्पूर्ण शुभचिन्तकमा बधाई तथा शुभकामना समेत दिनुभएको छ ।

सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि समुदायमा आधारित रहेर संस्था सञ्चालन गरिएको र आरोह अवरोहहरुबीच नयाँ पहिचान समेत बनाउन संस्था सफल भएको अध्यक्ष कुँवरको भनाई छ । सदस्यले संस्थाप्रति देखाएको विश्वास र सक्रियताले संस्था सफल हुन प्रेरणा मिलेको अध्यक्ष कुँवरले बताउनुभयो ।

संस्थाले सञ्चालन गरेको सदस्य सुरक्षा कार्यक्रम, डिजिटल सहकारी सेवा, विभिन्न अन्य सेवाहरु लगायत समुदायको शिक्षा, स्वास्थ्य तथा उद्यमशीलतालाई लक्षित गरी सञ्चालित कार्यक्रमहरुका कारण कार्यक्षेत्र भित्र सबैको पहिलो रोजाईको संस्था बन्न सफल भएको उहाँको भनाई छ ।

१५ हजारभन्दा बढी सदस्य र ३ अर्ब रुपैयाँको कुल सम्पत्ति संस्था सँग रहेको छ ।

चन्द्रागिरि साकोस एशिया स्तरको एक्सेस ब्राण्डिङ कार्यक्रममा पनि सहभागी छ । सदस्यहरुलाई उद्यमशीलतासँग उन्न संस्थाले व्यवसाय विकास कार्यक्रम समेत सञ्चालन गरेको छ ।

अभिलेख

लोकप्रिय