मित्र मिलनले मनायो नवौं वार्षिकोत्सव, जेष्ठ नागरिक सम्मानित
कास्की : पोखरा–९ नयाँबजारमा अवस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफ्नो स्थापनाको ९ औँ वार्षिकोत्सव मनाएको छ ।
स्थापना दिवसको अवसर पारेर संस्थाले पोखरा–२२, पुम्दीभुम्दीमा रहेको आदर्श जेष्ठ नागरिक समितिका ९ जना जेष्ठ नागरिकहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । पाेखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालको प्रमुख आतिथ्यतासँगै राष्ट्रिय सहकारी बैँक पोखरा शाखाका प्रमुख नरेश पाण्डेको विशेष आतिथ्यतामा पोखरा पुम्दीभुम्दी स्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता मित्रमिलन साकोसका अध्यक्ष रमण पौडेलले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले मित्रमिलनले जेष्ठ नागरिकलाई सम्मान गरेर प्रशंसनीय रहेको बताउनुभयो । वडाका तर्फबाट पनि जेष्ठ नागरिकहरुका लागि सहयोग भइरहेको र पोखरेली परिवेशमा छुट्टै पहिचान बनाउन सफल मित्र मिलनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेकाे बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि राष्ट्रिय सहकारी बैँक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह मात्र गरेको छैन सहकारीहरुका भिडमा विशेष पहिचान बनाएर अघि बढेकामा आभार व्यक्त गर्नुभयाे ।
कार्यक्रममा एक सय जना बढी जेष्ठ नागरिकसँगै स्थानीय उपस्थिति रहेको थियाे । कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष रमण पौडेलले सहकारी गतिविधि बारे स्पष्ट पार्दै सहकारीले युवा, महिला लक्षित कार्य गर्दै आएको र आगामी दिनमा जेष्ठ नागरिक लक्षित कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । कोखदेखि शोकसम्म र ओठदेखि गोठसम्म सहकारी कार्यक्रम लिएर अघि बढेको स्मरण गराउँदै जेष्ठ नागरिक जिउँदा भगवान् भएकाले सम्मान गर्न पाउँदा ज्यादै खुसी लागेको बताउनुभयाे ।
गत वर्ष मानव सेवा आश्रम पोखरा छोरेपाटनमा आश्रितहरुका लागि सहयोग लिएर पुगेको सहकारीले ९ औँ वार्षिक उत्सव भएकाले समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबै भन्दा जेष्ठ नौ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको संस्थाका सिइओ किरण अधिकारीले बताउनुभयाे । सम्मानित हुने जेष्ठ नागरिकहरुमा लक्ष्मी बराल, लेखनाथ बराल,देवीलाल बराल,टुल्की बराल, पोतनाथ बराल, धनरुपा बराल, बसन्धरी बराल,तारापति बराल र नरहरि बराल रहेका छन् । कार्यक्रममा सहकारीले संस्थाका लागि २५ थान कुर्सी र एक थान फाइल दराज समेत हस्तान्तरण गरेको थियो । 
सहकारी संस्थाका सेयर सदस्य, सल्लाहकार दण्डपाणि बरालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन तथा सहकारीका सात सिद्धान्त वाचन संस्थाका का.सदस्य गोपाल खनालले गर्नुभएको थियाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
