पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट तीन सहकारी अभियन्ता सम्मानित
काठमाडौं : पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट ३ जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्व एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा भएको १४ औं वार्षिकोत्सव कार्यक्रममा ३ जना सहकारी अभियन्तालाई सम्मान गरिएको हो ।
पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७७ बाट जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाल र पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७८ बाट नेफ्स्कुनका पूर्व अध्यक्ष एवं महासंघका सञ्चालक डिबी बस्नेतलाई कार्यक्रममा ताम्रपत्र, दोसल्ला र जनही ११ हजार १११ नगदसहित सम्मानित गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि झाँक्रीले दोसल्ला र ताम्रपत्रले सम्मान गर्नुभएको थियो। संस्थाले २०७६ र २०७७ मा क्रमश कँडेल र लिम्बुलाई सम्मान गर्ने घोषणा त्यसैबेला गरेको भएपनि कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्ने बातावरण नभएकाले संस्थाले १४ औं स्थापना दिवसको अवसरमा तीनैजनालाई सम्मान गरेको हो ।
सहकारी अभियानमा लागेर समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानमा सक्रिय भूमिका खेलेको भन्दै संस्थाले उनीहरुलाई सम्मान गरेको हो । यस अघि पनि संस्थाले सहकारी अभियानका अग्रजहरुलाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भोलानाथ पाठकले अग्रजको सम्मानका लागि आफुहरुले संस्था स्थापना भएदेखि नै सम्मान कार्यक्रमलाई निरन्तर गर्दै आएको बताउनुभयो । सहकारी क्षेत्रमा लागेर आम सदस्य र समुदायको उन्नतिकालागि आफ्नो जीवन व्यतित गर्ने अभियन्ताहरुको कामको कदर गर्ने उद्देश्यले हरेक वर्ष स्थापना दिवसको अवसरमा फरक व्यक्तित्वलाई सम्मान गर्दै आएको उहाँले बताउनुभयो । संस्था स्थापना हुँदाको बेला स्मरण गर्दै उनले शुरुका वर्षमा बाटोमा पाल टाँगेर वार्षिकोत्सव मनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष विजया मल्लले शुभकामना मन्तब्य राखेकी थिइन् भने संस्थाले हरेक वर्ष सहकारी दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भएर नियमित रुपमा ५ र १० पटक रक्तदान गरेका व्यक्तिहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि दिपक प्रकास बाँस्कोटाले २०७९ सालको क्यालेण्डर र संस्थाको स्मारिका विमोचन गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
