२४ कात्तिक २०८३, मङ्गलबार

स्वीकृति नलिई भित्ते पात्रो प्रकाशन गर्ने ४ सहकारीलाई स्पष्टीकरण

२०७८ चैत ३०, बुधबार
स्वीकृति नलिई भित्ते पात्रो प्रकाशन गर्ने ४ सहकारीलाई स्पष्टीकरण

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन गर्ने ४ वटा सहकारी संस्थालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

समितिले गरेको अनुगमनको क्रममा ४ वटा सहकारीले स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गरेको फेला परेको थियो । स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गर्ने सहकारीहरुमा हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ महानगरपालिका– २५ टंङ्गाल, अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्युरोड, काठमाडौँ, धनप्राप्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्युरोड र स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखा नगरपालिका–७, धापासी रहेका छन् ।

मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा ९ञ० र ९ठ० अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ ।

स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ । समितिले अनुगमनमा जारी राखेको छ। अनुगमनपछि स्वीकृति नलिई प्रकाशन भएका अरू पात्रो र भित्तेपात्रोको सूची सार्वजनिक गरिने समितिले जनाएको छ ।

अभिलेख

लोकप्रिय