ओरेण्टल समस्या सुल्झिने आशा, पैसाको सट्टा जग्गा दिने
काठमाडौं : सरकारले समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभले सदस्यहरुका लागि नयाँ योजना अघि सारेको छ । झण्डै १० वर्ष अघि बचतकर्ताहरुको ११ अर्ब बराबरको रकम हिनामिना गरेको ओरेण्टलले सदस्यहरुलाई नयाँ योजना ल्याएको हो ।
संस्थाका अध्यक्ष सुधीर बस्नेत आफैंले दश वर्षपछि आफ्ना सदस्यलाई बचत फिर्ता गर्ने नयाँ सूचना प्रकाशित गरेका छन् । नागरिक दैनिकमा सूचना प्रकाशन गर्दै उनले सहकारीको तर्फबाट बचतकर्तालाई भक्तपुरको गुण्डुको जग्गा वितरण गरी सदस्यको बचत फरफारक गर्ने उल्लेख गरेका छन् । संस्थाले यस अघि पनि सो सम्बन्धमा पटकपटक सूचना प्रकाशित गरिसकेको र अझै दायित्व पेश गर्न छुटेका बचतकर्ताहरुलाई अन्तिम मौका रहेकाले यथाशीघ्र बचत फिर्ता लिन बाँकी भए दावी गर्न भनेको छ ।
बचतकर्ताले अनलाइनबाटै फारम भर्न सक्ने र दर्ताका आधारमा जग्गा उपलब्ध गराइने जनाइएको छ । त्यसैगरी धेरै बचतकर्ता रहेकाले गोलाप्रथाद्वारा जग्गा उपलब्ध गराइने, थोरै बचत भएका सदस्यहरुले संयुक्त रुपमा जग्गा लिन पाउने, यदि कसैले जग्गा नलिइ खरिदकर्ता लिइ आएमा सो वापतको रकम पनि दिन सकिने सूचनामा जनाइएको छ ।
जग्गा वितरणका लागि प्लानिङ्ग नक्सा तयार भइसकेको र सहकारी विभागबाट स्वीकृति लिएर भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गरिएको सहकारीले जनाएको छ । नक्सा स्वीकृत तथा कित्ताकाटको अनुमति प्राप्त भएमा साँवा निक्षेपबाट राफसाफ हुनेगरी जग्गा वितरण गरिने सूचनामा उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार