२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीमार्फत हुने हरेक व्यावसायिक गतिविधिमा सहकार्य गर्न इच्छुक छौं: चन्द्र ढकाल

२०७८ चैत २६, शनिवार
सहकारीमार्फत हुने हरेक व्यावसायिक गतिविधिमा सहकार्य गर्न इच्छुक छौं: चन्द्र ढकाल

काठमाडौं : सफल उद्यमी चन्द्र ढकालले धैर्यता, मेहेनत र प्रतिबद्धतालाई प्राथमिकतामा राखेर सहकारीमार्फत काम गर्न सकियो भने सफल बन्न सकिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवम आइएमई ग्रुपका संस्थापक समेत रहनुभएका उद्यमी ढकालले सहकारीको माध्यमबाट पूँजी, श्रम र सीपलाई अघि बढाउन सकियो भने सफल हुन सकिने बताएका हुन् ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरममा शनिबार प्रस्तुती दिँदै ढकालले उद्यमशीलताका लागि आफूहरु सहकार्य गर्न जहिल्यै तयार रहेको बताउनुभयो । सहकारीमार्फत हुने हरेक व्यवसायिक गतिविधिमा आफूहरु सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

चन्द्रगिरी हिल्स र आइएमइ रेमिट्यान्टसले पाएको व्यवसायिक सफलताको उदाहरण दिंदै ढकालले सामूहिक बल, धैर्यता र प्रतिबद्धताले सफल हुन सकेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा संभावनाहरु प्रशस्त छन् । सोच र शक्ति प्राथमिकतामा राख्नुपर्छ । तपाइँहरुले देखिरहनु भएको छ, कोभिडपछि विदेशी पर्यटक नआउँदा आन्तरिक पर्यटन गतिविधि जुन रुपले बढीरहेको छ, त्यसले हामीलाई सिक्ने मौका दिएको छ । विदेशीलाई मात्र पर्यटक मान्ने मानसिकताको अन्त्य भएको छ ।’

सहकारीसँग जोडिएका ७३ लाख जनसंख्यालाई सामूहिक रुपमा जोडेर लान सकियो भने समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

अभिलेख

लोकप्रिय