२४ कात्तिक २०८३, मङ्गलबार

अबको १० वर्षमा अभियानको निर्णायक तहमा युवाः महाप्रबन्धक सुब्बा

२०७८ चैत २५, शुक्रबार
अबको १० वर्षमा अभियानको निर्णायक तहमा युवाः महाप्रबन्धक सुब्बा

काठमाडौं : कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरममा स्वागत मन्तव्य राख्दै महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताउँदै अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरुको सत्रिय सहभागिता आवश्यक भएको धारणा राख्नुभयो ।

उहाँले सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी गर्नुभयो । ‘सहकारी अब नवीनतम प्रविधिसँग जोडिनुपर्छ,’ महाप्रबन्धक सुब्बाले भन्नुभयो,‘ त्यसका लागि युवाको आवश्यकता हुन्छ किनकि उनीहरु सृजनशील, नवप्रवर्तनमुखी र जोखिम बहन गर्न सक्ने सक्षमता बहन गर्छन् ।’

युवामैत्री सहकारी अभियानका लागि महासंघले पनि आफ्नो १० वर्षे रणनीतिमार्फत अवको एक दशकभित्र अभियानको निर्णायक तहमा युवा पुर्याउने नीति अबलम्बन गरिएको उहाँले जानकारी गराउनुभयो । युवामार्फत उद्यमशीलताको बलमा सहकारी अभियानको मुहार फेर्न सकिने विश्वास महाप्रबन्धक सुब्बाको थियोे ।

अभिलेख

लोकप्रिय