विकू बचतको २२औं सेवा केन्द्र शरदगौरी
गैंडाकोट : हालै एकीकरण सम्पन्न भएका विकू बचत तथा ऋण सहकारी संस्था र शरदगौरी बचत तथा ऋण सहकारी संस्था भरतपुर चितवनद्वारा आजबाट एकीकृत कारोबार सुरु गरिएको छ ।
आज एक कार्यक्रमको बीच एकीकृत कारोबार सेवा शुभारम्भ तथा शरदगौरी सेवा केन्द्र उद्घाटन गरिएको छ । विकू बचतको यो २२ औं सेवा केन्द्र हो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य साविक शरदगौरी साकोसका अध्यक्ष मनोहरी कंडेलले राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा साविक शरदगौरी साकोसका संस्थापक तथा सञ्चालक समितिका पदाधिकारीलाई पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो भने जेष्ठ सदस्यहरुलाई निःशुल्क एटिएम कार्ड तथा विकू टेक्ने लठ्ठी वितरण गरिएको थियो ।

कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्र काफ्ले, साविक शरदगौरी साकोसका संस्थापक अध्यक्ष प्रेमनिधि कंडेल, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, शरदपुर मा.वि का प्राचार्य भोला सापकोटा, त्रिपुरेश्वर शिव मन्दिरका अध्यक्ष लालु गौरे लगायतका अतिथिले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहा ठकुरी, वडा नं २ का वडा अध्यक्ष पूर्ण वहादुर श्रेष्ठ, ७ का वडा अध्यक्ष राजेन्द्र काफ्ले, विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, संस्थापक, सञ्चालक समिति, शेयर सदस्यज्यूहरुको उल्लेखिय उपस्थिति रहेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रेम प्रसाद सापकोटाले गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार