सहकारीको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवा संलग्नता आवश्यकः सागर ढकाल

सागर ढकाल
यूवा परिवर्तनका संवाहक हुन् । गुठी, पर्मभकारी जस्ता परम्परागत आर्थिक क्रियाकलापको विकसित रूप सहकारी अभियानमा तीनै लाखौं युवा सहभागी छौं । सन् २०१० मा युवा तथा खेलकुद मन्त्रालयले विशेष रूपमा युवाहरूको अधिकार र आवश्यकताहरूलाई सम्बोधन गर्न देशको पहिलो राष्ट्रिय युवा नीति स्थापना गर्यो। यो नीतिले युवाको राष्ट्रिय परिभाषा बनाएको छ । नीति र परिभाषा आफैमा महत्वपूर्ण विषय हो, त्यो भन्दा बढी महत्वपूर्ण देशका लाखौं लाख युवालाई राष्ट्र विकासको मुल धारमा सहमाहित गराउने गुरूत्तर दायित्व हो । आजको यस सुखद् अवसरमा उपस्थित सम्पूर्ण सहकारी अभियान्ताहरूलाई त्यो दायित्व बहन गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।
नेपालले युवाहरूको अधिकारलाई उजागर गर्न र आफ्नो नीतिगत सन्दर्भमा युवाहरूमा ध्यान केन्द्रित गर्न ठोस प्रगती गरेको छ । नेपालले इतिहासमै पहिलो पटक जनसांख्यिकीय लाभांशको अनुभव गरिरहेको छ । नेपालको राष्ट्रिय युवा नीति अनुसार हाल नेपालको करिब २ करोड ९२ लाख नागरिकमध्ये करिब २०.८ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका छन् भने ४०.६८ प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहका छन् । जहाँ युवाहरू कुनै पनि देशको जनसंख्याको सबैभन्दा ठूलो खण्ड छ, यसलाई ‘जनसंख्या लाभांश’ वा ‘युवा बल्ज’ भनेर परिभाषित गरिएको छ । यो अभुतपूर्व अवसर अहिले हामीसँग छ, जुन विश्वका विरलै देशले प्राप्त गर्दछन् । अबका केही दशक हामीले यसको लाभ उठाउन सकेनौं भने त्यो हाम्रा लागि अपुरणीय क्षति हुनेछ । युवा जनसंख्याको अधिकांश हिस्सा खाडी र मलेसियामा सस्तोमा श्रम बेच्न वाध्य छन् । आफ्ना उर्वर उमेरको श्रम अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिरहँदा त्यो नेपाली जत्ति दुःखी छ त्यो भन्दा बढी दुःखी नेपाली धर्ती छ ।
नेपालमा हाल प्रत्येक वर्ष करिव ५ लाख श्रमशक्ति रोजगारीको लागि विदेशिदै आएको छ । बैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरू पनि अधिकांश अदक्ष रहेकाले सस्तोमा श्रम बेच्न बाध्य छन् । कोभिड माहामारीले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्की हजारौं यूवाहरु वेरोजगार भएर वस्नु परेको अवस्था छ । यस परिस्थितिमा मानवीय श्रमलाई सीपयुक्त बनाई उद्यमशिलता वृद्धि गरी अधिकतम रुपमा उपयोग गरेर उत्पादन, आय आर्जन, स्वरोजगारी श्रृजना र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न आवश्यक ठानी राष्ट्रिय सहकारी महासंघले सहकारी मार्फत यूवाहरुलाई उद्यमशिलतातर्फ डोराउन राष्ट्रिय युवा गोष्ठीको आयोजना गरेको हो ।
नागरिकलाई उद्यमशील बनाउन सकियो भने उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिन्छ । उद्यमशीलता विकासको लागि पहिलो कुरा समाजलाई उद्यमशीलता तर्फ उत्प्रेरित गर्नुपर्छ । त्यसपछि राज्य र सहकारी क्षेत्र स्वयंले लगानी र आवश्यक तालिम तथा प्रविधिको व्यवस्था गर्नुपर्छ । राज्यको मूख्य काम उद्यमशिलताका लागि नीतिगत, कानूनी, पूँजी, प्रविधि, शिक्षा तालिम र नवपवर्तमानमा सहजिकरण गर्नु हो । विश्व युवा विकास सूचकमा नेपाल १४५ औं स्थानमा छ । दक्षिण एसियाली देशहरुमा पनि नेपालको युवा सुचक कमजोर छ । नेपालको बेरोजगार युवाशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिएको छैन । युवाहरुलाइ स्वदेशमै उद्यमशिलता विकास तर्पm आर्कषित गर्न आवश्यक ज्ञान शिप र धारणा दिनु पर्ने आवश्यक्ता छ । यही आवश्यक्तालाइ पूर्ति गर्न तथा यूवाहरुलाई उद्यमशिलतामा तिर्खा जगाउन यस गोष्ठीको आयोजना गरिएको हो । यस युवा उद्यमशीलता गोष्ठीले विशेषत युवाहरुलाई लक्षित गरी स्वरोजगार श्रृजना गर्न प्रेरित गर्दै आम्दानीका थप अवसरहरु सिर्जना गर्न मार्गप्रशस्त गर्नेछ । हामीले यस गोष्ठीमा युवा उद्यमीका सफलताका कथाहरु, विज्ञ व्यक्तित्वहरुका प्रस्तुतीहरु यहाँहरु माझ पस्कीने कार्यतालीका रहेको छ । आशा एवं विश्वास छ सहभागी महानुभावहरुको सक्रिय सहभागिता र अनुभव आदानप्रदानले यो गोष्ठी थप रोचक वन्न जानेछ । यस कार्यक्रमवाट भरपुर लाभ लिनु हुन आयोजकको तर्फवाट हामी हार्दिक अनुरोध गर्दछौं ।
त्यसैले आउनुहोस् सामान्य घरयासी खर्च जुटाउन विदेशमा सस्तोमा श्रम वेच्न वाध्य त्यस्ता यूवाहरूलाई यसरी सहकारी अभियानमा आवद्व गराउने अर्को अभियानमा पनि सँगसँगै जुटौँ । यूवा सहकारी अभियान्ताहरू, परिवर्तनकर्ताको हैसियतमा पुगेर स्थानीय आवश्यकता, स्रोतसाधन र अन्य कुरामा केन्द्रित हुन चाहेका युवा अनुहारहरूले पुरानो नेतृत्व शैलीलाई विस्थापित गरेर आफ्नो ठाउँको विकासको नयाँ बाटो बनाउन चाहेको छन । युवा कुनै पनि देशको ठूलो सम्पत्ति हो भन्ने कुरा सर्वविदितै छ । राष्ट्र निर्माण तथा सामाजिक सुधारमा युवाहरुको भुमिका धेरै महत्वपूर्ण छ । अर्को शब्दमा भन्ने हो भने युवाको बुद्धि र कामले देशलाई सफलताको बाटोमा लैजान्छ । जसरी हरेक नागरिक उत्तिकै जिम्मेवार छन्, युवा पनि उत्तिकै जिम्मेवार छन् । युवाहरू देशको निर्माणका आधार हुन् । नागरिकहरूले हाम्रा युवाहरूलाई हरेक क्षेत्रमा राम्रो गर्न प्रोत्साहित गर्न सुनिश्चित गर्नुपर्छ । जब हामी हाम्रा युवाहरूलाई निरन्तर निरुत्साहित गर्छौं र उनीहरूमा विश्वास गर्दैनौँ, उनिहरूले आफ्नो ज्योति गुमाउनेछन । पखेटामा साङ्ला बाँधेर तल ल्याउनुको सट्टा पखेटा मुनीको हावालाई माथि उड्न दिनु पर्छ भन्ने कुरामा हामी सबैले ध्यान दिनुपर्छ ।
युवा कुनै पनि देशको जनसंख्याको सबैभन्दा गतिशील र महत्त्वपूर्ण खण्ड हो । तथ्याङ्कले देखाउँछ की युवा जनसङ्ख्याको ठूलो संख्या भएका विकासोन्मुख देशहरूले युवाहरूको शिक्षा, स्वास्थ्य र उनीहरूको अधिकारको संरक्षण र ग्यारेन्टी गरेमा देशका सबै क्षेत्रमा अत्याधिक वृद्धि हुन सक्छ । आजका युवा दिमाग र भोलिका नेता, निर्माता, निर्माणकर्ता र आविष्कारक हुने विश्वास गरिन्छ । युवाहरूलाई असल नेता, आविष्कारक र आविष्कारकहरू बन्नको लागि, उनीहरूलाई समर्थन र भविष्य परिवर्तन गर्न राम्रो स्वास्थ्य, तालिम र शिक्षा प्रदान गर्नु महत्त्वपूर्ण छ । युवाले कसैको भरमा नभई काम गरेर कमाउन थालेपछि देशको अर्थतन्त्रमा टेवा पुग्छ । यसका साथै जात, धर्म, लिङ्ग, आदिको भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गरिनुपर्छ । नातावाद र पक्षपातका विभिन्न मुद्दाहरूले देशको वास्तविक प्रतिभालाई खाँदै गएको छ । यसलाई सकेसम्म चाँडो हटाउनु पर्छ । हामीले यो सुनिश्चित गर्नुपर्दछ की प्रत्येक युवाले आफूलाई योग्य साबित गर्ने मौका पाएको छ र त्यो सबैलाई समान रूपमा प्रदान गर्नुपर्दछ ।
सरकारले बेरोजगारी, गरिब शैक्षिक संस्था र अन्य समस्याहरू विरुद्ध लड्न मद्दत गर्ने कार्यक्रमहरू ल्याउनुपर्छ ताकि उनीहरूलाई कुनै बाधा विना समृद्ध बनाउन सघाउ पुग्छ । लोकतन्त्र, अर्थतन्त्र, प्रविधि र चिकित्सा विज्ञानको सुधार सबै युवाको हातमा छ । गरिबी, बेरोजगारी, ग्लोबल वार्मिङ र धेरै प्रकारका प्रदुषण आज विश्वले सामना गरिरहेको समस्या हो । यी सबै समस्या समाधान गर्ने उत्तरदायित्व आगामी पुस्तामा छ । छोटकरीमा भन्नुपर्दा, हाम्रा युवाहरूमा राष्ट्र निर्माण गर्ने शक्ति छ त्यसैले हामीले उनीहरूलाई अवसर दिनुपर्छ । उनीहरू भविष्य हुन् र उनीहरूसँग दृष्टिकोण छ जुन पुरानो पुस्ताको अभाव छ । उनीहरूको जोश र उत्साहलाई राष्ट्रको समृद्धि को लागि सही तरिकाले चलाउनुपर्दछ ।
युवाहरूसँग आफ्नो मात्र होइन, समुदाय र विश्वलाई नै परिवर्तन गर्ने रचनात्मकता, क्षमता हुन्छ । समाजको विकासमा पूर्ण रूपमा सहभागी हुन, गरिबी र असमानता उन्मूलन गर्न, र शान्तिको संस्कृतिलाई बढावा दिन सहकारी अभियानले कसरी युवा समावेशीता गर्दै अगाडि बढ्ने भन्ने विषयमा युवा सम्मेलनले मागदर्शन गर्ने छ । नेपालमा कुल जनसख्याको एक तिहाई युवा छन् । अब सन् २०३० मा नेपाललाई कहाँ पुयाउने भन्ने विषय आज हामीले युवामा गरेको लगानी र योगदानले भर पर्छ ।
समुदायहरूमा युवा नेतृत्व बृद्धि गर्नका लागि पनि सहकारीको योगदान रहन्छ । जसरी महिला नेतृत्वमा सहकारीको योगदान रहेको छ । यसका लागि युवा सशक्तिकरण, उनीहरुको कार्यलाई प्रोत्साहन र समर्थन गर्ने, साझेदारीलाइ बढवा दिने र युवाहरुको पहिचानको सुनिश्चिता गर्ने उद्देश्यले युवाको भूमिकालाई प्रोत्साहित गर्न यस सम्मेलले योगदान दिने छ ।
सहकारीले अब युवाहरूको संलग्नतालाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म बृद्धि गर्नुपर्छ ।
धन्यवाद !
(महासंघका सञ्चालक, युवा समन्वय उपसमितिका संयोजक तथा कार्यक्रम संयोजक ढकालले ‘नेशनल युथ फोरम: कोअपरेटिभ अन्ट्रप्रेनियरसीप- २०२२’ मा गरेको सम्बोधन)
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार