सहकारी सफ्टवेयर प्रिमियम टेक्नोलोजी आईएसओ प्रमाणित
काठमाडौं : सहकारी संस्थाहरुका लागि कोर बैकिङ सफ्टवेयर सेवा प्रदायक कम्पनी प्रिमियम टेक्नोलोजी आईएसओ ९००१:२०१५ प्रमाणित भएको छ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस प्रमाणीकरणले थप गुणस्तरीय बनाउँदै मापदण्ड विकासमार्फत सही व्यवस्थापनमा सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ ।
यो प्रमाणीकरणले कम्पनीको गुणस्तर र दक्षतालाई वढावा दिई निखारता ल्याउने विश्वास लिइएको छ । कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।
विगत ७ वर्षदेखि प्रिमियम टेक्नोलोजीले मुलुकका ३ सय बढी सहकारीलाई अत्याधुनिक वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम प्रदान गर्दै आएको छ ।
प्रिमियम सफ्टवेयर पछिल्लो समयमा सहकारी संस्थाहरुद्वारा अत्यधिक रुचाइएको प्रविधि सेवा प्रदायक कम्पनी हो । अन्य कम्पनीको सफ्टवेयर प्रयोग गर्दै आएका सहकारीले पनि प्रिमियम सफ्टवेयर परिवर्तन गर्न थालेको कम्पनीले जनाएको छ ।
आईएसओ सर्टिफिकेशनले कम्पनीलाई थप जिम्मेवार र उर्जा प्रदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताउनुभयो । कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार