सहकारीको बलियो पुँजी र जनशक्तिलाई उद्यमशीलतामा जोडौं : मन्त्री पौडेल
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सहकारीको बलियो पुँजी र जनशक्तिलाई उद्यमशीलता तथा रोजगारीमार्फत मुलुकको समृद्धितर्फ लान सकिने बताउनुभएको छ । त्यसका लागि नीतिगत तथा कानुनी अड्चन समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सहकारी महासंघ, नेपालको आयोजनामा आजबाट सुरु भएको ‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रप्रेनियरसीप २०२२’ मा बोल्दै मन्त्री पौडेलले समृद्धिको बाटोमा हिड्ने अब युवा नै रहेको बताउनुभयो ।
‘युवाहरुको काँधमा मुलुकको समृद्धिको जिम्मेवारी आएको छ । तपाईहरु अघि बढ्नुस हाम्रो साथ र सहयोग रहनेछ’, उहाँले भन्नुभयो । मुलुकमै प्रचुर सम्भावनालाई विदेशीहरुले देखेको तर नेपालीहरु स्वयंले नदेखेको भन्दै युवाहरुलाई सम्भावना खोज्ने अभियानमा सहकारीलाई सारथी बनाउन उहाँले आग्रह गर्नुभयो ।
‘लागिपर्यो भने पुँजी जुट्छ, ‘मन्त्री पौडेलले भन्नुभयो, ‘युवाहरुमा इच्छाशक्ति, जागरुकता, क्रियाशीलता र अनुशासन आवश्यक छ, बाँकी अड्चनहरुले रोक्न सक्तैन ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार