१८ भदौ २०८३, बिहिबार

चितवनको रत्ननगरमा विकू बचतको ‘पूजा सेवा केन्द्र’

२०७८ चैत २४, बिहिबार
चितवनको रत्ननगरमा विकू बचतको ‘पूजा सेवा केन्द्र’

गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले चितवनको रत्ननगरमा पूजा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विकू साकोस र पूजा साकोस बीच एकीकरण भई एकीकृत सेवा शुभारम्भ भएको हो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले राख्नुभएको थियो ।

कार्यक्रमको अवसरमा साविक पूजा वचत तथा ऋण सहकारी संस्थाका संस्थापक तथा सञ्चालक समितिका पदाधिकारीलाई पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ सदस्यहरुलाई निःशुल्क एटिएम कार्ड तथा विकू टेक्ने लठ्ठी वितरण गरिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका सहकारी विभाग शाखा प्रमुख स्वस्तिका अर्याल, रत्ननगर नगरस्तरीय सहकारी सञ्जालका अध्यक्ष रितु गिरी, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, साविक पूजा साकोसका अध्यक्ष सदानन्द उपाध्याय तथा सचिव बसन्त कुमार देवकोटा, हिमालयन बोडिङ्गका प्राचार्य पशुपति उपाध्याय, शेयर सदस्यकोतर्फ बाट संगीता शर्मा आचार्य लगायतका अतिथिले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडी, रत्ननगर न.पा सहकारी विभाग प्रमुख स्वस्तिका अर्याल, सहकारी सञ्जालका अध्यक्ष, विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, संस्थापक, सञ्चालक समिति, शेयर सदस्यज्यूहरुको उल्लेखिय उपस्थिति रहेको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय