१८ भदौ २०८३, बिहिबार

सज्जन महिला साकोसले आफ्नै भवन बनाउने, घरजग्गा निर्माण कोष स्थापना

२०७८ चैत २३, बुधबार
सज्जन महिला साकोसले आफ्नै भवन बनाउने, घरजग्गा निर्माण कोष स्थापना

काठमाडौं : ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले घरजग्गा निर्माण कोष स्थापना गर्ने घोषणा गरेको छ ।

संस्थाले कार्यालय प्रयोजनका लागि आफ्नै सहकारी भवन निर्माण गर्ने उद्देश्यले कोष स्थापना गरेको संस्थाकी अध्यक्ष सीमा पुरीले जानकारी दिनुभयो ।

सहकारी अध्ययन तथा अवलोकन भ्रमणमा तनहुँ पुगेको सहकारी टोलीले बन्दिपुरमा बैठक बसी कोष स्थापना गर्ने घोषणा गरेको हो । साकोसका सचिव कमला खनालको संयोजकत्वको टोली अध्ययन भ्रमणमा निस्किएको थियो ।

सज्जन महिला साकोसका अध्यक्ष सीमा पुरीको अवधारणा अनुसार २५ जना सदस्यहरुले आफ्नो इच्छा अनुसारको रासी कबुल गरेर यो कोषको सुरुवात गरेका हुन् । सुरुवातमा दुई लाख रुपैयाँ बराबरको रकम सज्जन महिला साकोसमा एक हप्ताभित्र जम्मा गरिसक्ने प्रतिबद्धता जनााएका छन् ।

सज्जन साकोसले १५ सदस्यीय हाम्रो सज्जन सहकार्य समूह पनि गठन गरेको छ । नगिना सिंह भन्डारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । यो समूहले सज्जन महिला साकोसका सदस्यहरुको हितको लागि काम गर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय