१६ जेठ २०८३, शनिवार

सहकारी व्यवसाय पनि अमर्यादित हुन्छ र?

२०७८ चैत २२, मङ्गलबार
सहकारी व्यवसाय पनि अमर्यादित हुन्छ र?

६५औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा राष्ट्रिय सहकारी महासंघद्धारा आयोजित बिशेष समारोहमा उपस्थित भएर सहकारी दिवसका मनाउने कार्यक्रमको थालनी गरियो ।

यस कार्यक्रममा विभिन्न ब्यक्ति र संघ/संस्थाहरु पुरस्कृत भएको घोषणा गरियो । पुरस्कृत हुनेहरुलाई हार्दिक बधाई तथा शुभकामना । कार्यक्रमको अर्को आकर्षण थियो गणेश अर्याल ज्यूको मर्यादित व्यवसाय र प्रविधिमा सहकारी बिषयक कार्यपत्र । यस वर्षको सहकारीको नारा पनि मर्यादित व्यवसाय र प्रविधिमा सहकारी नै थियो । यो नारा तय हुने बित्तिकै म भने रनभुल्लमा परेको थिएँ ।

के सहकारी व्यवसाय पनि अमर्यादित हुन्छ र ?, मैले बुझे अनुसार न्याय, समानता, समावेशिता र सहभागिता रहेको सहकारी व्यवसाय संसारको सबैभन्दा उत्कृष्ट र मर्यादित व्यवसाय नै सहकारी व्यवसाय हो । यसलाई अझ मार्यादित बनाउनु भनेको सूर्यमा उज्यालो थप्नु भने जस्तै होइन र ? के कारणले यो नारा तय गर्नु पर्यो भन्ने कुराले मलाई खुलदुली लागिरहेको थियो ।

गणेश अर्यालको प्रस्तुती हेरिसकेपछि मलाई चेतना खुल्यो यहाँ त सूर्यमा ग्रहण लागेजस्तै सहकारीमा विकृति र विसंगतिका बादलहरुले ढाकी सकेको रहेछ । सहकारीमा राजनीति, व्यक्तिगत स्वार्थ र सहकारकिा मूल्य मान्यता र नियम कानून विपरित सहकारी संघ/संस्था संचालन आदि ले सहकारीमा ग्रहण लगाइसकेका रहेछन् । उहाँको बिचारमा सहकारी नेतृत्व पार्टीको टिकटमा छनौट हुने हुँदा उसले पार्टीको आज्ञा पालन गर्ने वा सहकारीका मान्यता अनुसार चल्ने भन्ने दुविधा हुने र प्राय पार्टीको हितमा काम गर्ने भएको हुनाले सहकारी भित्र बिकृति जन्मिएको जन्मिएको छ ।

अर्को कुरा सहकारकिा संचालकहरु सदस्यको भलाई, सदस्यको माग अनुसारका सेवा र उनीहरुका समस्या समाधान गर्नुको बदला आफ्नो स्वार्थमा काम गर्ने भएको हुनाले सहकारीको सिद्धान्त सदस्यको लागि सहकारी, सदस्यको सहकारी र सहस्यद्धारा सहकारीलाई त्यसको बिपरित Cooperative far the people, off the people, bye the people बनाएको कुरा प्रष्ट पार्नु भयो । आज सहकारी संचालकहरु सदस्यहरुबाट टाढा रहेका, सदस्यहरको सुझाव बेगरको निणर्य गर्ने र सहकारीका सदस्यहरुलाई नरजअन्दाज गरेर काम गर्ने प्रबृतिमा लागेका हुनाले भाली गएर सहकारी आन्दोलन बिपरित दिशातर्फ जानसक्ने कुरामा पनि उहाँले आशंका ब्यक्त गर्नुभयो । सहकारीमा बिराएको बाटो देखाउन सफल हुनुभएकोमा उहाँलाई हार्दिक धन्यवाद नदिईरहन सकिदैन ।

मलाई यो पनि विश्वास जागेर आयो की हाम्रा सहकारी नेतृत्वहरुले यसपालीको सहकारीको नारा तय गर्दा आफूले गल्ती गरेको कुरालाई आत्मसाथ गर्नु भएछ क्यार । नभए सहकारीमा अमर्यादित व्यवसाय भएको कुरा उहाँहरुलाई कसरी थाहा हुन्थ्यो होला र ?, ढिलै भए पनि थाहा पानउनु भएकोमा उहाँहरु पनि बधाईका पात्र हुनुहुन्छ । म आशा गर्छु अब सहकारमिा राजनितिक हस्तक्षेप हुनेछैन । संचालकहरु सहकारी अभियान प्रति उत्तरदायी हुनेछन् । आफ्नो स्वार्थ थाती राखेर सदस्यको भलाईमा काम गर्नेछन् र सहकारीका सिद्धान्त मूल्य मान्यतााहरुको पूर्ण पालना हुनेछ ।

यस वर्षको सहकारी दिवसको यही शुभकामना ।

जय सहकारी ।

(यज्ञराज ढुंगेलको फेसबुकबाट)

अभिलेख

लोकप्रिय