२४ कात्तिक २०८३, मङ्गलबार

दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता कार्यालय स्थापना

२०७८ चैत २१, सोमबार
दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता कार्यालय स्थापना

दाङ : दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उट्घाटन लुम्बीनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गर्नुभएको हो ।

प्रदेश स्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको हो । यसअघि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले नै सहकारी दर्ता लगायतको काम गर्दै आएको थियो । अब भने प्रदेशभरकै सहकारी सम्बन्धी सबै कामहरु सोही कार्यालयबाटै हुनेछ ।

कार्यालय उट्घाटनमा बोल्दै मन्त्री खड्काले लुम्बिनी प्रदेशभरका सहकारी संस्थाहरुलाई थप व्यवस्थित बनाउने अभियानमा सरकार लागेको बताउनुभयो ।

अभिलेख

लोकप्रिय