१९ भदौ २०८३, शुक्रबार

सरसफाई र डसबिन राखेर मनायो भुगोल बचतले सहकारी दिवस

२०७८ चैत २०, आईतवार
सरसफाई र डसबिन राखेर मनायो भुगोल बचतले सहकारी दिवस

काठमाडौं : काठमाडौंको सानोभर्याङ स्थित भुगोल बचत तथा ऋण सहकारी सस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । सस्थाले स्वयम्भु परिसरमा सरसफाई कार्यक्रम र डस्टबिन वितरण गरि सहकारी दिवस मनाएको हो ।

संस्थाले सानो भर्‍याङ, सोयम्भु र कालिमाटी क्षेत्र डस्ट्बिन राखेको छ । बिहान ९ बजेदेखि दिउँसो २ बजे सम्म सरसफाइ कार्यक्रम गरि सहकारी दिवस मनाइएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय