सरकार र सहकारी अभियान बीच सहकार्य आवश्यकः रजिष्ट्रार
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी अभियान र सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । अभियान र सरकार बीच सहकार्यका लागि विभाग सधै तत्पर रहेको स्पष्ट पार्नुभयो ।
६५ औं राष्ट्रिय दिवसको अवसरमा सहकारी विभागद्वारा आयोजिक विशेष समारोहमा बोल्नुहुँदै रजिष्ट्रार पण्डितले विभागमा आएपछि भएका उपलब्धिहरु बारे जानकारी गराउँदै सन्दर्भ ब्याजदरको मुद्दा सम्बोधन भएको, स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण आदि गठनका सम्बन्धमा प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
स्थिरीकरण कोषमा सरकारको पनि योगदान आवश्यक भएको निष्कर्षसहित विभागीय मन्त्रालयमा पत्राचार गरिएको, ८८ बुँदे संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको, केही दिनमै सातै प्रदेशका सहकारी रजिष्ट्रार, स्थानीय सरकार, महासंघ र नेफ्स्कून आदिको सहभागितमा गोष्ठी गर्न लागिएको जानकारी उपलब्ध गराउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार