चाइना ट्रेड सहकारीद्वारा जेष्ठ नागरिकलाई सहयोग
काठमाडौं : महाबौद्ध स्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले काठमाडौंको तीनकुने स्थित निसहाय सेवा सदनमा रहेको जेष्ठ नागरिकलाई सहयोग गरेको छ ।
संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन अन्तर्गत जेष्ठ नागरिकलाई सहयोग गरेको हो ।
संस्थाले निसहाय सेवा सदन रहेका ३८ जना जेष्ठ नागरिकलाई छोछ्याउने तन्न, सिरानी र खाद्यान्न सामग्री सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, लेखा समितिका संयोज रामेश्वर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठ लगायत संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सहकारी दिवसको अवसरमा संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व वहन अन्तर्गतका काम गर्दै आएको र यस वर्ष जेष्ठ नागरिकको मुहारमा खुशी ल्याउने सानो प्रयास गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वित्तीय कारोबारमा मात्र केन्द्रीत नभई सामाजिक क्षेत्रमा पनि संस्था क्रियाशिल रहेको श्रेष्ठले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार