अभियन्ता र सरोकारवाला भन्छन्, ‘सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनै पर्छ’
ललितपुर : सहकारी व्यवसायलाई मर्यादित बनाउँदै नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियन्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने विषयमा सहकारी अभियान्ता र सरोकारवाल निकायले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले थिमको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियान्ताको आचरण, व्यवहार र अनुशासित आवद्धतालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल को–अपरेटिभ गर्भनेन्स र डिजिटल साक्षरतालाई फोकस गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।
सहकारी दिवको अववसरमा भएको कार्यक्रममा सदस्यको अधिकार, इच्छा, आवाज र निरिक्षणको सुनिश्चिताका लागि व्यसायमा नैतिकता, जवाफदेहिता, नविनतासहित सृजनात्मक रुपान्तरणका लागि सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले ऐन कानुनको परिपालनामा खरो उत्रिन आग्रह गदैै दण्ड र जरिवानाको अवलम्बन सुरु गर्ने बताउनुभयो । उहाँले सहकारी संघ/संस्थालाई गोएएमएलमा आवद्ध हुने आग्रह गदैै कोपोमिसको प्रभावकारी कार्यान्वयनले प्रविधिको अवलम्बनसहित सहकारीमा सुशासन कायम हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य दीलबहादुर गुरुङले गुणात्मक सहकारी विकासका लागि थिम सार्थक रहेको बताउँदै विचौलियाको अन्त्य गर्दै उत्पादन र उपभोक्तालाई जोड्ने सहकारी उत्कृष्ट व्यवसाय भएको बताउनुभयो ।
महासंघका अध्यक्ष मिनराज कडेलले सरकारसँग मिलेर सहकारी अभियान अगाडि बढ्ने बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीले नविन प्रविधिलाई समयमा नै ग्रहण गर्नुपर्ने बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महासंघको १० वर्षे रणनीतिक योजनामा सहकारीलाई मर्यादित बनाउन र प्रविधिमा जोड्न के के गर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका मित्रराज दवाडी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सल्लाहकार दीपक प्रकाश बाँस्कोटा, भरत प्रधान, डा. उषा झा, रविन्द्र केसीले सहकारीलाई मर्यादित बनाउन पनि आधुनिक प्रविधिको अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार