२४ कात्तिक २०८३, मङ्गलबार

मिलिजुली कालिञ्चोकद्वारा वित्तीय साक्षरता, स्ट्रेचरदेखि टेक्ने लठ्ठीसम्म वितरण

२०७८ चैत १९, शनिवार
मिलिजुली कालिञ्चोकद्वारा वित्तीय साक्षरता, स्ट्रेचरदेखि टेक्ने लठ्ठीसम्म वितरण

दोलखा : चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

संस्थाले विगु, गौरीशंकर, कालिञ्चोक र शैलुङ्ग गाउँपालिकामा रहेका केही बिद्यालयहरुमा बित्तीय साक्षरता तथा स्टेसनरी वितरण, पहिला वितरण गर्न बाँकी केही स्थानमा स्ट्रेचर वितरण, जेष्ठ शेयर सदस्यलाई टेक्ने लठ्ठी वितरण गरेको हो ।

यसैगरी सहकारी दिवसकै अवसर पारेर सामाजिक कार्यक्रम अन्तर्गत आज विगु गाउँपालीका वडा नं. ७ मा रहेको बिगु गुम्बामा २६ थान बस्ने कुर्सि प्रदान गरेको छ ।

आवद्ध सबै शेयर सदस्य तथा कार्यक्षेत्रभित्रका बिद्यालयहरुमा अध्ययन गर्ने सबै बिद्यार्थिहरुलाई स्लाईड प्रस्तुतिको माध्यामद्धारा बित्तीय साक्षरता कार्यक्रम प्रदान गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनु भयो ।

अभिलेख

लोकप्रिय