तरलता अभाव देखिनुमा राज्य र बैंकहरु जिम्मेवारः केबी उप्रेती
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पछिल्लो समय तरलता अभाव देखिनुको कारण राज्य र बैंक तथा वित्तीय संस्थाहरु रहेको बताउनु भएको छ। ‘सहकारीमा सुशासन र तरलता व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बिहीबार बोल्दै अध्यक्ष उप्रेतीले ब्याजदर बढाएर कृत्रिम अभाव सिर्जना गरिएको दाबी गर्नुभयो ।
जिल्ला सहकारी संघ काठमाडौं महानगर उपसमितिको अयोजना र राष्ट्रिय सहकारी बैंक न्युरोड शाखाको सहआयोजनामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सहकारीको कारणले भन्दा पनि राज्य र निजी बैंक तथा वित्तीय संस्थाका कारण तरलताको समस्या देखिएको बताउनुभयो । ‘ब्याजदर बढाएर कृत्रिम अभाव सिर्जना गरिएको छ,’ उहाँले भन्नुभयो ।
बढी ब्याजको लोभ देखाएर सहकारीको पैसा पनि निजी बैंकतर्फ गइरहेको उहाँले संकेत गर्नुभयो । ‘सहकारीको रकम सहकारी बैंकमा नै जानुपर्छ भन्ने होइन,’ उहाँले भन्नुभयो, ‘तर सहकारीको रकम सहकारी क्षेत्रमा नै रहोस् भन्ने सोच्नुपर्छ ।’
महानगर उपसमितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे र राष्ट्रिय सहकारी बैंक लि।का प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकार्य अभियानको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रम ६५औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक न्युरोड शाखा प्रमुख केदारनाथ उप्रेतीले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार