मर्यादित सहकारी व्यवसायका आधारहरु !
सुशासन
कतिपय सहकारी सञ्चालक, कर्मचारी र सदस्यहरुलाई सहकारीको आधारभूत ज्ञान छैन । यो विडम्बना हो । सहकारी अभियानमा काम गर्दै जाँदा यसका मूल्य मान्यता, सिद्धान्त समेत राम्रोसँग नबुझेका सञ्चालक र कर्मचारी भेटेका छौं ।
सहकारी संस्थामार्फत गर्न खोजेको कुरा के हो ?, गन्तव्य कता हो ?, सहकारीको सिद्धान्त के हो ?, सहकारीको मर्म के हो ?, भन्ने विषयमा ज्ञान वाञ्छनीय छ । सहकारी सुशासनको मुख्य आधार नै स्वनियमन हो । जब सहकारीको सिद्धान्त, मुल्य मान्यता, दर्शन बुझ्न सकिन्न त्यहाँ स्वनियमन असम्भव छ । यी जगहरु कुरा बुझेपछि मात्र स्वनियमनमा जान सहज हुन्छ ।
त्यसपछि मात्र ऐन, नियमावली, निर्देशिका, निर्देशनको कुरा आउँछ । सहकारीको मर्म नै नबुझेर संस्था सञ्चालन गर्दा समस्या आउने हो । बचत तथा ऋण सहकारीहरु ब्राण्डिङमा जान थालिसकेका छन् । तर, बहुउद्देश्यीय सहकारी संस्था ब्राण्डिङमा जान सकिराखेको छैन । सहकारी सुशासनमा जान ब्राण्डिङले ठूलो महत्व राख्दछ । विषयगत संघहरुले यस्ता कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ ।
पहिलो कुरा संस्था स्थापना गर्दा नै सुशासन पढाउनुपर्ने विषय हो । संस्थाका सञ्चालक, कर्मचारी र सदस्यलाई पनि सुशासनको महत्वबोध गराउनु पर्दछ । सुशासन भनेको इमान्दारी हो । सहकारीको मर्म विपरित काम गरेपछि इमान्दारीको हत्या हुन्छ । सहकारीको मर्म अनुसार काम गर्ने हो भने सहकारी सुशासनमा आउँछ ।
आन्तरिक नियमन
सहकारीमा सदस्यबाटै नेतृत्व चयन हुन्छ । नेतृत्वले राम्रो काम नगर्दा नेतृत्व परिवर्तनको प्राधिकार सदस्यसँग सुरिक्षत रहन्छ । सहकारीमा सदस्यहरु नै सर्वोपरि हुन्छ । सहकारीलाई सहकारी कै मर्म अनुसार सञ्चालन गर्ने हो भने नियमन आवश्यक हुँदैन । स्वनियम अभ्यासरत सहकारीहरुमा सघन नियमनको खाँचो पर्दैन ।
सहकारीको महत्वपूर्ण फोरम भनेको साधारणसभा हो । सञ्चालक समितिले राम्रो काम गरे नगरेको मापन गर्ने जिम्मेवारी लेखा समितिको रहन्छ । चेक एण्ड व्यालेन्समा सहकारी सञ्चालन हुन्छ । तर, यस अनुसार हुन पाएको छैन । विभिन्न समितिको भूमिका अनुसारको काम गर्नु आवश्यक छ । यी सबैको मेजरमेन्ट गर्ने भनेको साधारणसभा हो । तर, सहकारीको साधारण सभा त्यस अनुसारको भएको पाउँदैनौं ।
वाह्य नियमन
जब संस्था स्वनियमनमा सञ्चालन हुँदैन अनि नियमनको कुरा आउँछ । आन्तरिक नियमन कमजोर हुँदा बाह्य नियमन आर्कषित हुन्छ ।
सहकारीको मर्म, सिद्धान्त, कानुन अनुसार नचल्ने सहकारीलाई सुधारको निर्देशन र कारबाही आवश्यक छ । पहिलो कुरा संस्थाहरुले स्वनियमनमा सहभागि हुनु आवश्यक छ । संघहरु, नियामक निकायहरुसँग सहकार्य गरेर संस्थाहरुलाई मार्गनिर्देशन गर्न आवश्यक छ । नेपालको सन्दर्भमा स्वनियमन, आन्तरिक तथा बाह्य नियमनका पक्षहरु कमजोर छन् ।
सदस्य केन्द्रीयता
मर्म अनुसार कर्म मिले मात्र सहकारी हुन्छ । सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुबीच भावनात्मक ऐक्यबद्धता आवश्यक पर्दछ । । विषयगत सहकारीहरु साँच्चै सहकारीतामा फोकस गरेको पाउँछौं । जस्तैः दुग्ध, चिया, कफी सहकारी । धेरै विषयमा सदस्यहरु एउटै सहकारीमा आवद्ध हुँदा त्यहाँ सहकारिता हुँदैन । यस्तो हुँदा कर्म र मर्म मिल्दैन । संस्थाले दिने सेवा र सदस्यको चाहनाबीच तादात्म्यता हुनुपर्दछ अनि मात्र सदस्य विश्वास, गुणस्तरीयता तथा लोकप्रियता आर्जन गर्न सकिन्छ । सदस्यले संस्थाका वस्तु तथा सेवाहरुको अधिकतम उपभोगको वातावरण सृजना गर्नुपर्दछ ।
अन्त्यमा,
प्रविधिमैत्री सहकारी सेवा आजको आवश्यकता हो । प्रतिस्पर्धी स्थान कायम गर्दै सदस्यहरुलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्न सहकारीहरु प्रविधिमैत्री बन्नैपर्छ । सोही कारण राष्ट्रिय सहकारी महासंघले पनि प्रविधिमा जोड दिदैं गत दुई वर्षको नारा नै मर्यादित व्यवसाय र प्रविधिमा सहकारी तय गरेको हो । प्रविधिको क्षेत्रमा संरचनागत आधारहरु तयार गर्न तथा सदस्यहरुलाई कम खर्चमा सेवा लिन सक्ने बनाउन सहकारीहरुलाई एकीकरणमा जोड दिनुपर्छ । एकीकरणमार्फत प्रविधिमैत्री एवम् प्रतिस्पर्धी सेवा प्रवाह गर्न सकिन्छ ।
(काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष थापासँग सहकारीखबरले गरेको वार्तामा आधारित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार