पशुपंक्षी पालन र मत्य केन्द्रीय संघ गाभिए
काठमाडौं : दुई केन्द्रीय सहकारी संघ पशुपंक्षी पालन र मत्य गाभिएका छन् । दुवै केन्द्रीय संंघ गाभिएर पशुपन्क्षी पालन मत्य सहकारी केन्द्रीय संघ गठन भएको छ ।
सहकारी विभागले चैत १५ गते एकीकरण स्विकृती प्रदान गरेको हो । पशुपंक्षी पालन केन्द्रीय संघ आर्थिक वर्ष २०७१/०७२ र मत्य केन्द्रीय संघ २०६९/0७० मा दर्ता भएको थियो ।
एकीकृत संघको अध्यक्षमा पशुपंक्षीपालनका अध्यक्ष बाबुराम अधिकारी चयन भएका छन् । यसैगरी दुवै संघको संचालक समिति गरी १९ जनाको संचालक समिति समेत गठन गरिएको छ ।
मत्यपालन सहकारीको २ जिल्लामा जिल्ला संघ र ३५ वटा प्रारम्भिक संस्था गठन भएको छ । यसैगरी देशभर ५४ वटा पशुपन्छीपालन सहकारी संस्था संक्रिय रहेका छन् । दुवै संघको विषय एक अर्कामा सम्बन्धित भएकाले एकीकरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
यसअघि तरकारी तथा फलफुल र विउविजन सहकारी संघ एकीकरण भएर कृषि विउविजन, तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघ बनेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
