२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी बैंक चाबहिल शाखाको आयोजनामा “सहकारी लघु गोष्ठी”

२०७८ चैत १७, बिहिबार
सहकारी बैंक चाबहिल शाखाको आयोजनामा “सहकारी लघु गोष्ठी”

काठमाडौं : ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंक, चाबहिल शाखाले “सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान” विषयक लघु गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिमका साथ चैत्र २० गते मनाईने ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकको ६८ वटै शाखा कार्यालयहरु मार्फत चैत्र २१ गते सम्म गर्ने ‘लघु गोष्ठी’ कार्यक्रम अनुसार चावहिल शाखाले बिहीबार त्यस क्षेत्रका सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

चाबहिल शाखा समन्वय उप–समितका संयोजक विकल्प पाठकको अध्यक्षतामा भएको गोष्ठीमा बैंकका बरिष्ठ प्रबन्धक भरत कुमार चिमरियाले “सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान” विषयक कार्यपत्र प्रस्तुुत गर्नु भएको थियो ।

गोष्ठीमा सहभागिहरु बीच बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजि) को अवस्थाका बारेमा सहभागिहरुको भोगाई, अवलम्बन गरेका नीति, संस्थाद्वारा गरिएका असल अभ्यासहरु, अपनाउनु पर्ने उपायहरुको बारेमा केन्द्रीत भएर छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

अभिलेख

लोकप्रिय