२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी दिवसमा मेगा ड्रिमको दुई कार्यक्रम: शिक्षकलाई सहकारी शिक्षा र सहयोग

२०७८ चैत १७, बिहिबार
सहकारी दिवसमा मेगा ड्रिमको दुई कार्यक्रम: शिक्षकलाई सहकारी शिक्षा र सहयोग

काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा २ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

पशुपति क्षेत्रमा नेवार समुदायले गाइजात्रा संगै वर्षेनी मनाउने गरेको वत्सलेश्वरी माई, बज्रेश्वरी माई र आकाश भैरवको जात्रामा सहभागी हुने र रथ तान्ने सहभागीहरुको लागि २५० थान टिसर्ट सहयोग गरेको छ । संस्थाले पशुपतिनाथ मन्दिर परिसरमा रहेको पशुपति सृजनशील युवा क्लब र पशुपति ज्यापू पुचः लाई संयुक्त रुपमा मंगलबार टिसर्ट र सहयोग सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा संस्थाका प्रबन्ध संचालक इन्द्र प्रसाद गेलाल, शिक्षा उपसमितिका संयोजक शेखर बस्नेत तथा व्यवसायिक उपसमितिका संयोजक राजकुमार श्रेष्ठको उपस्थित रहेको थियो ।

त्यस्तै संस्थाले बुधबार काठमाडौंको बालाजुस्थित तरुण माध्यमिक विद्यालय र तक्षशिला माध्यमिक विद्यालयका शिक्षकहरू समेतको उपस्थितिमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धि कार्यशाला गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माछापोखरी स्थित फूड प्यालेसमा भएको कार्यक्रममा ७० जना शिक्षक तथा शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष महाशंकर रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति, उपसमिति एवं कर्मचारीहरू समेत उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव एवं प्रबन्ध संचालक इन्द्र प्रसाद गेलालले वित्तीय जानकारी, सहकारी संस्था र संस्थाको विषयमा प्रस्तुतीकरणमार्फत सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष वासुदेव भट्ट, शिक्षा उपसमिति सदस्य हर्क प्रसाद जोशी तथा तरुण माविका प्रधानाध्यापक बाबुराम न्यौपाने लगायतले आफ्नो विचार व्यक्त गर्दै सहकारी क्षेत्रको भूमिका एवं मेगा ड्रिम सहकारीले गरेको कार्यको प्रशंशा गर्नुभयो । कार्यक्रम संचालन संस्थाका मुख्य व्यवस्थापक प्रदिप जोशीले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय