२४ कात्तिक २०८३, मङ्गलबार

ओशिन सहकारीका कर्मचारीलाई क्षमता विकास तालिम

२०७८ चैत १३, आईतवार
ओशिन सहकारीका कर्मचारीलाई क्षमता विकास तालिम

काठमाडौं : टोखा–७, बसुन्धरा स्थित ओशिन बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको लागि एक दिवसिय क्षमता विकास तालिम शनिबार सम्पन्न गरेको छ ।

ओशिन सहकारीको आयोजना र इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा संचालन भएको तालिममा व्यवस्थापकसहित १७ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका व्यवस्थापक नविन पौडेलले जानकारी दिनुभयो ।

क्षमता विकाससँगै कर्मचारी उत्प्रेरण सम्बन्धि तालिम पनि समेटिएको थियो । तालिममा वेदप्रसाद भट्टराई र प्रकाश खत्रीले प्रशिक्षण गर्नुभएको थियो ।

संस्थाले आगामी दिनहरुमा संस्थामा आवद्ध कर्मचारीहरुको क्षमता विकास र प्रर्वद्धनका लागि यस्ता विभिन्न खाले तालिमहरु आयोजना गर्दै जाने व्यवस्थापक पौडेलले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय