२४ कात्तिक २०८३, मङ्गलबार

बागलुङ को-अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा दीपकजंग राजभण्डारी

२०७८ चैत ११, शुक्रबार
बागलुङ को-अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा दीपकजंग राजभण्डारी

बागलुङ : बागलुङ को-अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा दीपकजंग राजभण्डारी चयन हुनु भएको छ । क्लबको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले एकता सहकारी संस्थाका प्रबन्धक राजभण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा आदर्श संचार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका प्रबन्धक ताराप्रसाद शर्मा र कोषाध्यक्षमा प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक मुना शर्मा चयन हुनु भएको छ ।

सदस्यमा जिल्ला सहकारी संघका प्रबन्धक सिर्जना शर्मा, बागलुङ दुग्ध उत्पादक सहकारी संघका प्रबन्धक बैकुण्ठ प्रसाद शर्मा, सहज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक टिकाराम सापकोटा, महिला हित बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक चन्द्रा कार्की चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यमा त्रिवेणी बचत तथा ऋण सहकारी संस्था बुर्तिबाङका प्रबन्धक अर्जुन पोखरेल, लखन बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक होमबहादुर थापा, सयपत्री बहुउद्देश्यीय सहकारी संस्था गलकोटका प्रबन्धक रविलाल शर्मा, छिस्ती साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक तिलकुमारी थापा र प्रमानन्द स्मृति बहुउद्देश्यीय सहकारी संस्था काठेखोलाका प्रबन्धक कमल केसी चयन हुनु भएको निर्वाचन मण्डलका संयोजक भरत पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी लेखा समितिको संयोजकमा इमेज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक शक्ति किसान सदस्यमा कालीगण्डकी महिला सहकारी संस्था बलेवाका प्रबन्धक यमुना शर्मा ढकाल र धनन्तवरी स्वास्थ्य सहकारी संस्थाका प्रबन्धक रेश्मी भट्ट चयन हुनु भएको छ ।

साधारण सभासंगै सहकारी व्यवस्थापन अभिमुखिकरण कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृति बद्रिकुमार गुरागाइले गर्नु भएको थियो । कार्यक्रममा क्लबका सल्लाहकार महादेव सापकोटा र सल्लाहकार एवं राष्ट्रिय सहकारी बैङ्क बागलुङका प्रमुख युवराज त्रिपाठीले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा क्लबका सचिव ताराप्रसाद शर्माले प्रगति र कोषाध्यक्ष मुना शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम अध्यक्ष दिपकजंग राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दिपकराज सापकोटाको स्वागत र सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय