सिकोमा गाभियो थप २ सहकारी, लुम्बीनी प्रदेश कै पहिलो एकीकृत सहकारी सिको
बर्दिया : बर्दियास्थित सिको बचत तथा ऋण सहकारी संस्थामा थप दुई वटा सहकारी गाभिएको छ । बर्दियाकै डल्फिन बचत तथा ऋण सहकारी संस्था र मौसमी बचत तथा ऋण सहकारी संस्था सिकोमा गाभिएको हो ।
यस अघि २०७५असार १ गते सिर्जना साकोस, कोशेली साकोस र लक्ष्मी साकोस बीच एकीकरण भई सिको साकोस कायम भएको थियो ।
एकीकरण पछि सिको साकोस डल्फिन सेवा केन्द्र राजापुर-४, राजापुर बजार र सिको साकोस मौसमी सेवाकेन्द्र राजापुर-६, मानपुरटपराको सेवाकेन्द्र समेत उद्घाटन भएको छ । दुवै सेवा केन्द्रको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

सिकोको एकीकरण घोषणा सभा सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा भएको थियो । घोषणा सभामा नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको आतिथ्यता रहेको थियो ।
संस्था एकीकरण घोषणासभाबाट सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतायमा १५ सदस्यीय सञ्चालक समिति र जिवन कुमार शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिसहित संयुक्त एकीकरण कार्यदल समेत गठन भएको साकोसले जनाएको छ ।
एकीकरणपछि संयुक्त कारोबार सुभारम्भ गरेको सिको साकोसको कुल वासलात ४० करोड १७ लाख ६३ हजार २ सय ९३ पुगेको साकोसका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिनुभयो ।
संस्थाको केन्द्रीय कार्यालयसहित ८ वटा कार्यालय पुगेको छ ।
नेपालमा संघीय शासनको सुरुवातसंगै स्थानीय सरकारमा सहकारी अभियानलाई एकिकृत गर्ने प्रस्ताव लिएर लुम्बीनी प्रदेश मै पहिलो एकिकृत संस्थाको दर्ता हुने सिको हो । एककिरण पूर्व सिर्जना साकोस २ वर्ष नेपालको प्रोवेशन व्राण्ड प्राप्त गर्न सफल र कोशेली प्रोवेशन कार्यक्रममा सहभागी भएका संस्था हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
